ghar sansar

हात्ती आयो फुस्सा

little buddha academy
khasi

जनताका अपेक्षा, सुझाव र गुनासो सुन्ने तथा समुदायसँग अन्तरसंवाद गर्ने उद्देश्यले नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियान सुरु गरेको छ । शहिद दिवसका दिनको अवसर पारेर वडाहरुमा विशेष कार्यक्रमसहित अभियानको प्रारम्भ गरेको छ । जिल्ला र प्रदेशबाट ६ हजार ७ सय ४३ वटै वडामा प्रतिनिधि खटिएका छन् । जनताबाट आएका राय–सुझाव कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति बैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रुपमा लिने कांग्रेसले जनाएको छ । कांग्रेसले यो अभियान माघ २६ गतेसम्म सञ्चालन गर्न लागेको छ ।

dirghayi clinic

समुदाय स्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आम नागरिकका गुनासा र सुझावलाई वडा स्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सुरु गरिएको बताइएकोे छ । अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ । एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा निर्वाचनका कारण कांग्रेसले छोट्याएको छ । अभियानअन्तर्गत आज मुलुकभरका ६ हजार ७ सय ४३ सबै वडा तहमा कार्यक्रम गरिदैछ । यस अघि पनि नेपाली कांग्रेसले सांगठनिक सुदृढिकरणका लागि साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्ययोजनाबमोजिम कांग्रेसले पहिलो चरणको १० दिने आन्तरिक संगठन सुदृढीकरण अभियान सम्पन्न गरेको थियो ।
अभियानअन्तर्गत ७७ जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रसम्म कांग्रेसका केन्द्रीय नेताहरु पुगेर संगठनको अवस्थाबारे जानकारी लिएका थिए । उनीहरुले पार्टी, भ्रातृ संस्था, शुभेच्छुक संस्था र जनप्रतिनिधिहरुलाई भेटेर पार्टी संगठनबारे सशक्तिकरण र परिचालन गरेर जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, स्थानीय तह, वडा र टोल तहसम्म पार्टीको संगठनको अवस्था के छ ? भ्रातृ संस्था र शुभेच्छुक संस्थाको अवस्था के छ भनेर जानकारी लिने र समस्याको पहिचान गरि समाधान खाज्ने भनेका थिए । त्यतिबेला पनि कांग्रेसले अभियानका लागि १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको थियो । तर कांग्रेसले गर्ने गरेका यस्ता अभियानले न त संगठन नै सुदृढिकरण हुन्छ नत जनताका समस्या नै समाधान खोजिन्छ । कांग्रेसले ठूलै तामझामका साथ गर्ने यस्ता अभियान हात्ती आयो हात्ती आयो फुस्सा भने झै हुने गरेका छन् ।

,orning glory badhai

कांग्रेसका नेताहरु संगठन भन्दा पनि आप्mनो गुटलाई बलियो बनाउने र त्यसैका हर्ताकर्तालाई अवसर दिने परिपाटी बसाल्दै गएका छन् । कांग्रेसमा हिजो पनि थियो, आज पनि यही परिपाटी छ । कांग्रेस गुट राजनीतिकै कारण आप्mनो धरातल छोड्दै गएको छ । वामपन्थी दलमा विभाजनकै कारण कांग्रेसले मुलुकको राजनीतिमा बढी भूमिका पाइरहेको धरातलीय यथार्थ हो । गुटगत राजनीतिबाट मुक्ति कांग्रेसको अहिलेको आवश्यकता हो र गुटगत राजनीतिबाट मुक्ति नभए सम्म यस्ता अभियानको कुनै औचित्य हुँदैन ।

Himal dental
सम्बन्धित
Loading...