
महेन्द्रनगर । तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितको चौथो दिन पनि लिग चरणका चार खेल
भएका छन् । ती खेलमा त्रिभुवन आर्मी क्बल, सशस्त्र प्रहरीको एपीएफ क्बल, नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले जितेका छन ।
पहिलो खेलमा नेपाल प्रहरीले कोशी प्रदेशलाई सोझो सेटमा हराएको छ । दोस्रो खेलमा एफिएफले सुदूरपश्चिमलाई सोझो सेटले हरायो । तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई हराएको छ ।

बुधबार अन्तिम खेलमा गण्डकीले कर्णालीलाई सोझो सेटमा पराजित गरेको छ । लिग तरण अन्र्तगत बिहीबार अन्तिम खेल हुने छन् । प्रतियोगितामा तीन विभागीय सहित सात प्रदेशका एक÷एक गरी १० टीमले भाग लिएका छन् ।
