यो ढुङ्गे बजारतिर पनि जाला त भीमदत्तका मेयर बोगटीको ध्यान

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले मदनचोकका २२ सटर हटाएर सडक विस्तार गर्न नसकेपछि व्यवसायीहरुले अनौठो तरीका अपनाएर मेयर पदम बोगटीलाई दबाव दिएका छन् ।

भीमदत्त नगरपालिका स्वामित्मको सटर हटाउन नसकेर गत वर्षदेखि एडिबीको सडक विस्तार निर्माण कार्य मदनचोक क्षेत्रमा अवरुद्ध छ । निर्माण कार्य रोकिएर सडकमा खाल्डाखुल्डी र धुलोले समस्या भएपछि व्यवसायीहरु नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका छन् ।

यस पटक फेरि उनीहरुले त्यस क्षेत्रलाई ढुङ्ग बजारको नाम दिँदै ब्यानर लगाएका छन् । यस अघि उनीहरुले गत वर्ष सडकमा धान रोपेर मेयर बोगटीलाई दबाव दिएका थिए ।

मेयर बोगटी र उप मेयर निलम लेखक जोशी सहितको तस्बिर समेत टाँसेर उनीहरुले दबाव दिइ सकेका छन् । पटक पटक दबाव दिए पनि नगरपालिकाले सडक बनाउन वेवास्ता गरेपछि ब्यानर टाँगेर दवाव दिन अघि सरेका छन् ।

भीमदत्तका मेयर बोगटीले ती २२ सटर भत्काउनका लागि केही महिना अघि वडा अध्यक्ष सुशिल भट्टको संयोजकत्वमा कार्यदल बनाएका थिए । कार्य दलले व्यवसायीहरुको त्यही क्षेत्रमा व्यवस्थापन गरी सटर भत्काउन सकिने सुझाव दिएको थियो ।

सम्बन्धित
Loading...