
कृष्णपुरका प्रमुख प्रशासकीय अधिकृत केसीलाई भैसी डाक्टर भन्दै होच्याउने वडा अध्यक्षलाई कारवाहीको चेतावनी

महेन्द्रनगर । पशु प्राविधिकका संगठनहरुले कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर केसीलाई अर्मादित शब्द प्रयोग गरी सार्वजनिक बेइज्जती गरिएको भन्दै कानुनी कारवाहीको चेतावनी दिएका छन् ।

नेपाल पशु स्वास्थ्य प्राविधिक संघ कञ्चनपुर सहित पाँच संगठनले संयुक्त विज्ञप्ति सार्वजनिक गरी केसीलाई भैसी डाक्टर भनेर कपोकल्पित लाञ्छना लगाएर बदनाम गरी पेशााई होच्याउने कार्य गरिएकोमा आपत्ति जनाएका छन् ।

कृष्णपुर नगरपालिका २ का वडा अध्यक्ष अर्जुन सिह साउँदले केही दिन अघि प्रमुख प्रशासकीय अधिकृत केसीलाई हुन्छ बहादुर भन्ने भैसी डाक्टरलाई हाकिम बनाएर मेयर हेमराज ओझाले एचएको भर्ना प्रक्रियामा आफन्त र कार्यकर्ता भर्ती गर्न खोजेको भन्दै सामाजिक सञ्चाल फेसबुकमा आरोप लगाएका थिए । वडा अध्यक्ष साउँदको धारणाका आधारमा विभिन्न पत्रपत्रिका र अनलाइनमा समाचार सार्वजनिक भएका थिए ।

