ghar sansar

कस्तो बिडम्बना

नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)– २०२३ मा १०० मा ३४ अंक पाएर नेपाल १०८औं स्थानमा परेको हो । यो वर्ष नेपाल गत वर्षभन्दा दुई स्थान तल झरेको छ । गत वर्ष नेपाल ३५ अंक पाएर ११०औं स्थानमा थियो । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ६८ अंकका साथ २६ औं स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ ।

गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको छ । भ्रष्टाचार नियन्त्रण र सुशासनमा नेपालको अवस्था निराशाजनक देखिएको छ । भ्रष्टाचारविरुद्ध क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२३ प्रतिवेदनअनुसार नेपाल अति भ्रष्टाचार हुने मुलुकको सूचीमा छ । १८० देशमा गरिएको सर्वेक्षणमा नेपाल कम भ्रष्टाचार र सुशासनको सूचीमा १०८ औं स्थानमा परेको छ । जुन गत वर्षको ११० औं स्थानभन्दा दुई अंकले सुधार हो । मूल्यांकनमा नेपालले १ सयमा ३५ अंक मात्रै पाएको छ । जुन गत वर्ष ३४ अंक मात्रै थियो ।

नेपालले पछिल्लो १० वर्षमा यस पटक सबैभन्दा बढी अंक पाएको हो । ५० भन्दा कम अंक पाउने देशलाई ट्रान्सपरेन्सीले भ्रष्टाचार नियन्त्रण र सुशासनका दृष्टिकोणले खराब सूचीमा समेट्ने गरेको छ । मुलुकको आर्थिक अवस्था जर्जर छ । तर, भ्रष्टाचार भने मौलाउँदो छ । नेपालले पनि संविधानमा नै सुशासनलाई राज्यको साधन र साद्य दुवै रूपमा आत्मसाथ गर्दै भ्रष्टाचार नियन्त्रणका लागि नीति, विधि र संवैधानिक निकायको व्यवस्था गरेको अवस्था छ । तर, भ्रष्टाचार भने मौलाउँदो छ । भ्रष्टाचार निवारण ऐन, सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, सार्वजनिक खरिद ऐन, राजस्व चुहावट अनुसन्धान तथ नियन्त्रण ऐन, सम्पत्ति शुद्धीकरण ऐनजस्ता कानुनी व्यवस्था र अख्तियार दुरूपयोग अनुसन्धान आयोग, विशेष अदालत, न्याय परिषद्, राष्ट्रिय सतर्कता केन्द्र, राजस्व अनुसन्धान विभाग, महालेखा परीक्षकको कार्यालय, संसद एवम् संसदीय समिति, सैनिक विशेष अदालत जस्ता संस्थाहरूको पनि व्यवस्था गरेको पाइन्छ ।

यति हुँदाहुँदैपनि नागरिकको अनुभूति र राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा गरिएका भ्रष्टाचार मापनका अध्ययन र अनुसन्धानको नतिजामा नेपालमा भ्रष्टाचारको पारो बढ्दो अवस्थामा रहेको पाइन्छ । राजनीतिक नेतृत्वमा भ्रष्टाचार नियन्त्रण गर्ने साहस, इच्छाशक्ति, प्रतिवद्धता र व्यवहारिक अवलम्बनसहितको इमान्दारिताको कमी छ । भ्रष्टाचारको निगरानी र नियन्त्रणका लागि स्थापना गरिएका संस्थाहरूमा राजनीतिकरण हाबी छ त्यसैले भ्रष्टाचार भने मौलाउँदो छ । भ्रष्टाचार नियन्त्रणका लागि स्थापना गरिएका निकायहरुमा राजनैतिक दवाव रहेसम्म भ्रष्टाचार नियन्त्रण शुशासनको कुरा गर्नु मुर्खता हो र मुलुकका लागि बिडम्बना हो ।

Himal dental
सम्बन्धित
Loading...