मुख्यमन्त्री भलिबल कप : पुलिस, सशस्त्र, आर्मी र गण्डकी प्रदेश सेमिफाइन प्रवेश

lotus institute

महेन्द्रनगर । तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रवेश सेमिफाइन प्रवेश गरेका छन् । प्रतियोगितामा सहभागी अन्य ६ टीम लिग चरणबाट बाहिरिएका छन् ।

बिहीबार लिग चरणको अन्तिम खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गरेको हो । सशस्त्र प्रहरी चार खेलमा अपराजित भएर सेमिफाइन पुगेको छ ।

morning glory

गण्डकी प्रदेश सशस्त्र प्रहरीसित एक खेल हारेर सेमिफाइन पुगेको हो । यी दुई टीमलाई भलिबल प्रशिक्षण केन्द्रमा खेलाइएको छ । यी दुबै टीम पोल ए बाट विजेता र उप विजेता भएर सेमिफाइन पुगेका छन् ।  

Mahendranagar

त्यस अघि खुला मञ्चमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल भयो । पुलिस क्लबले आर्मी क्बल हराएको हो । ती दुबै टीम सेमिफाइन पुगेका छन् । नेपाल पुुलिस क्लब अपराजित चार खेल जितेर सेमिफाइन पुगेको छ । पुलिस क्बल गत वर्षको च्याम्पियन हो । तीन खेल जितेको त्रिभुवन आर्मी क्बल नेपाल पुलिस क्लबसित पराजित भएर सेमिफाइन पुगेको छ ।

गण्डकी बाहेक ६ प्रदेशका टीम लिग चरणबाट बाहिरएका छन् । सेमिफाइन पुगेका चार मध्ये तीन टीम विभागीय हुन् । शुक्रबार विहान सेमिफाइनमा गण्डकी र नेपाल पुलिस क्बलबीच पहिलो तथा सशस्त्र प्रहरी र त्रिभुवन आर्मी क्लबीच अर्को खेल हुने कञ्चनपुर जिल्ला भलिबल संघका सचिव उत्तम विष्टले बताए ।

शनिबार समापनमा सेफिाइन पराजित दुई टीमबीच तेस्रोका लागि पहिलो खेल भएपछि सेमिफाइन जित्ने दुई टीमबीच पहिलो र दोस्रोका लागि खेल हुने सचिव विष्टले बताए ।

सुदूरपश्चिम खेलकूद परिषद्ले कञ्चनपुर जिल्ला भलिबल संघको सहकार्य तथा व्यवस्थापनमा माघ १४ गतेदेखि प्रतियोगिता आयोजना गरेको हो ।

saark school
सम्बन्धित
Loading...