ghar sansar

सुदूरपश्चिम सरकारले ह्वात्तै बजेट घटाएपछि सामाजिक विकास कार्यालयमा सन्नाटा

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष अत्यन्तै न्यून बजेट दिएपछि सामाजिक विकास कार्यालय कञ्चनपुरमा निराशा छाएको छ । सामाजिक विकास कार्यालयका पूँजीगत कार्यक्रमको बजेट ह्वात्तै घटेर तीन करोडमा झारिएको छ ।

गत वर्ष भन्दा यो बजेट झण्डै १० गुणा कम हो । यस वर्ष कार्यालयलाई पूँजीगत कार्यक्रमका लागि ३ करोड बजेट दिइएको छ । गत वर्ष यो बजेट २८ करोड हाराहारी थियो ।

,orning glory badhai

सरकारले आर्थिक मन्दीलाई कारण देखाउँदै बजेट ह्वात्तै घटाएको हो । न्यून बजेटका कारण कार्यालयका कार्यक्रम घटेका छन् । शिक्षा, स्वास्थ्य, अपाङ्गता र ज्येष्ठ नागरिकका लागि कार्यक्रम सञ्चालन गर्ने यस कार्यालय न्यून बजेटका कारण सुनसान बनेको छ । कार्यालयलाई पूँजीगत र चालु खर्चका लागि बजेट दिइएको छ ।

dirghayi clinic

सामाजिक विकास कार्यालयका प्रमुख धर्मराज जोशीले यस वर्ष बजेट घटेर आएको बताए । ‘गत वर्ष २८ करोड थियो, त्यस अनुसार कार्यक्रम पनि धेरै थिए’ उनले भने,‘यस वर्ष बजेट नि धेरै छैन, तीन करोड हाराहारी छ, यसबाट गत वर्षझैं कार्यक्रम गर्न सकिने अवस्था छैन’ उनले भने ।

पूँजीगत र चालु खर्चका कार्यक्रममा पनि ठूलो रकमका योजना समावेश गरिएका छैनन् । सुदूरपश्चिम प्रदेश सरकारले निर्वाचन क्षेत्र स्तरीय कार्यक्रम गरी योजना छनौट गरेको थियो । त्यसका आधारमा प्रदेश सरकारले गत जेठमा बजेट ल्याएको थियो ।

गत वर्ष जिल्लाभर सामाजिक विकास कार्यालयका कार्यक्रम सञ्चालन गरिएकोमा यस वर्ष बजेट अभावका कारण सम्भव नभएको कार्यालयका कर्मचारीहरु बताउँछन् ।

पूँजीगत शीर्षकका कार्यक्रम अन्र्तगत सिद्धनाथ अमर मावि भीनपा, कृष्ण आधारभूत विद्यालय पुनर्वास, कालिका आधारभूत विद्यालय भीनपा, जनता आधारभूत विद्यालय भुजेला, लक्ष्मी मावि बागफाँटा भीनपा, जिल्ला खेलकूद समिति, आधारभूत स्वास्थ्य केन्द्र कृष्णपुर, कञ्चन बहुमुखी क्याम्पस झलारी, शारदा मावि दोधारा चाँदनी, स्वास्थ्य चौकी पुनर्वास, कृष्ण मावि शुक्लाफाँटा, गणेश मावि बेलडाँडी, स्वास्थ्य चौकी बेदकोट, सिद्धनाथ विज्ञान क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय, शारदा सरस्वती दोधारा चाँदनी, महाकाली आदर्श मावि दोधारा चाँदनी, भानु मावि दोधारा चाँदनी, लक्ष्मी मावि दोधारा चाँदनी, अम्बिका मावि दोधारा चाँदनी र जनज्योति मावि दोधारा चाँदनीका लागि भवन निर्माण सहित कार्यक्रमका लागि बजेट आएको छ ।

Himal dental
सम्बन्धित
Loading...