
महेन्द्रनगर । तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एफिएफ क्बल फाइनल प्रंवेश गरेका छन् । खुला शुक्रबार सेमिफाइनमा गण्डकी डिपेन्डिङ्ग च्याम्पियन नेपाल पुलिस क्लब र एपीएफ त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनल पुगेका छन् ।
सेमिफाइनको पहिलो खेलमा गण्डकी प्रदेशले पुलिस क्लबलाई ३–२ सेटले हराएको हो । गण्डकीले प्रहरीलाई २५–१५, ,३१–२९ र १५–७ ले जित निकालेको छ । पुलिस क्लबले २५–२० र २५–१९ ले दुई खेल जितेको हो ।

एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि ३–२ सेटले जित हासिल गरेको छ । एपिएफले २५–२०, २५–१५ र १५–१३ ले ले हराएको छ । आर्मीले २५–१४ र ३०–२८ ले दुई खेल जितेको हो । बिहीबार गण्डकीलाई हराउँदै सशस्त्र प्रहरी र त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस क्बल सेमिफाइनल पुगेका थिए ।
शनिबार सशस्त्र प्रहरी र गण्डकी प्रदेशबीच फाइनल खेल हुनेछ । त्यस अघि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
सुदूरपश्चिम खेलकूद परिषद्ले कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा माघ १४ गतेदेखि प्रतियोगिता आयोजना गरेको हो ।
