ghar sansar

एमालेले पाखा लगाएका भीम रावललाई भलिबलमा प्राथमिकता

little buddha academy
khasi

महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीसित चितवन महाधिवेशनमा प्रतिस्पर्धी भएपछि पार्टी कार्यक्रमबाट बाहिर राखिएका पूर्व उपाध्यक्ष भीम बहादुर रावलले सुदूरपश्चिम प्रदेश सरकारबाट सम्मान पाएका छन् ।

सुदूरपश्चिम प्रदेश खेलकूद परिषद्ले खुला मञ्चमा आयोजना गरेको तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता समापन कार्यक्रममा नेता रावल प्रमुख अतिथि भएका छन् ।

,orning glory badhai

एमालेको दुई वर्ष अघि चितवनमा गरिएको १० आंै महाधिवेशनमा रावलले अध्यक्ष ओलीसित अध्यक्षमामा प्रतिस्पर्धा गरेका थिए । त्यसपछि रावल एमालेका सूदूरपश्चिमका सबै कार्यक्रममा बाहिर राखिएका हुन् ।

सुदूरपश्चिम खेलकूद परिषद्ले शनिबार रावललाई पूर्व उप प्रधानमन्त्रीको हैसियतमा प्रमुख अतिथि बनाएको हो । परराष्ट्र मन्त्री एनपी साउँदले उद्घाटन गरेको प्रतियोगिताको समापन काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकबाट गराउने आयोजकले जानकारी दिएको थियो ।

dirghayi clinic

कार्यक्रममा कञ्चनपुर भलिबल संघका अध्यक्ष श्याम सिह मौनी बाहेकका वक्ता र उद्घोषकले रावललाई पूर्व उप प्रधानमन्त्रीको रुपमा सम्बोधन गरेका थिए । भलिबल संघका अध्यक्ष मौनीले भने रावललाई एमालेका नेता एबम् पूर्व उप प्रधानमन्त्री भनेर सम्बोधन गरेका थिए । कार्यक्रममा नेता रावलले सम्बोधन गर्दै खेलकूदको स्वास्थ्य र देशको पहिचानका लागि आवश्यक भएको बताए ।

कार्यक्रमका रावल सहित सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल, मान बहादुर धामी, हिरा सिह सार्की, संविधान सभा सदस्य हरिश ठकुल्ला, पूर्व मन्त्री लाल बहादुर खड्का, जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा लगायतका सहभागी भएका छन् ।

एमाले नेता रावल यस अघि भदौमा महेन्द्रनगर आएका थिए । व्यक्तिगत कामकाजका लागि सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल घरमा आएका उनले एमाले र समाजवादीका नेताहरुलाई भेटघाट गरी छलफल गरेपछि उनी एमाले छाड्न लागेको अनुमान गरिएको थियो ।

एमालेले चितवन महाधिवेशनपछि सुदूरपश्चिममा ग्रास रुट मिसन, सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन र मध्यपहाडी लोकमार्ग यात्रा थालनी लगायतका ठूला कार्यक्रम गरेको छ । यी तीनै कार्यक्रममा नेता रावल सहभागी भएका छैनन् ।

बैतडीको झुलाघाटबाट सुरु थालिएको मध्य पहाडी लोक मार्ग यात्राका क्रममा अध्यक्ष ओली उनको गृह जिल्ला अछाम भएर यात्रा गरेका थिए । मिसन ग्रास रुटका क्रममा अछाम आएका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल सहभागी कार्यक्रममा रावलको खोजी भएपछि विवाद भएको थियो । एमालेले त्युुसपछि रावलसित वार्ताका लागि उपाध्यक्ष पौडेलको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...