ghar sansar

भीमदत्तका मेयरले एडिबीका इन्जिनियरलाई दबाव दिएर सडक निर्माण कार्य रोक्न लगाएको भन्दै कटान सरस्वती टोलका वासिन्दा आक्रोशित

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले एडिबीका इन्जिनियरलाई दबाव दिएर निर्माणाधिन सडकको काम रोक्न लगाएको भन्दै भीमदत्त नगरपालिका १८ कटान सरस्वती टोलका वासिन्दा असन्तुष्ट भएका छन् ।

एडिबीको क्षेत्रीय सहरी विकास कार्यक्रम अन्र्तगत शुक्रबार सरस्वती टोलमा गजेन्द्र बिक्रम थापाको घर नजिक बाटोमा निर्माणाधिन सडकका नाली खनिएको थियो ।

lotus institite

शुक्रबार नाली खनिएपछि मेयर बोगटीले एबिडीका इन्जिनियर गिरिश चन्दलाई दबाव दिएर नाली निर्माण कार्य रोक्न लगाएको भन्दै टोलका वासिन्दा असन्तुष्टि पोखेका छन् । उनीहरुले यसबारे मेयर बोगटी, उप मेयर निलम लेखक जोशी र एडिबीका इन्जिनियर चन्द र ठेकेदार कम्पनी लामा निर्माण सेवासित असन्तुष्टि पोखि सकेका छन् ।

एबिडीको ठेक्का अन्र्तगत गत वर्ष सडकको पूर्व र पश्चिमबाट निर्माण कार्य सुरु गरिएको थियो । पूर्वबाट बेदकोट थापाको घर नजिकसम्म नाली सहित सडक कालोपत्रे गरिएको छ पश्चिमबाट नाली निर्माण गरिएको छ । गत वर्ष छाडिएको एक सय मिटर सडक निर्माणका लागि शुक्रबार नाली खनिएका थियो ।

पश्चिमबाट नाली सहित सडक कालोपत्रे गरिएका स्थानीयको दबावमा मेयर बोगटीले एडिबीका इन्जिनियरलाई फोन गरी काम रोक्का गर्न लगाएको उनीहरुले बताए ।

टोलका वासिन्दा गजेन्द्र बिक्रम थापाले मेयर बोगटीले इन्जिनियरलाई फोन गरी दबाव दिएर काम रोक्का गर्न लगाएको बताए । ‘पूर्व र पश्चिम दुबैतिर सडक निर्माण गरिएको छ, यो बीचमा मात्रै काम भएको थिएन, हिजो ठेकेदार आएर काम सुरु ग¥यो, त्यसपछि इन्जिनियरलाई भनेर काम बन्द गराईएको हो’ उनले भने ।

मेयर बोगटीले नाली निर्माण कार्य रोक्न भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटालाई पनि दबाव दिएको उनीहरु बताउँछन् ।

मेयर बोगटीले निर्माणाधिन सडकको एक सय मिटरमा मापदण्ड अनुसार ८ मिटरको बनाउने भन्दै काम रोक्न लगाएको वासिन्दाहरुले बताए । यस अघि पूर्व र पश्चिमबाट बनाइएको सडकको चौडाई ७ दशमवल ६० मिटरसम्म छ । नाली सहित सडक कालोपत्रे गरिएका परिवारले आफूले भत्काएका परिवारले आफूहरुले क्षतिपूर्ति पाउनु पर्ने वा अरुका पनि पर्खाल भत्काउनु पर्ने दबाव मेयरलाई दिएको उनीहरुको बुझाई छ ।

टोलका वासिन्दा थापाले गत वर्ष मेयर बोगटी र उप मेयर लेखक सहित नगरपालिका प्राविधिक कर्मचारी आएर सडक निर्माण थालिएको र अहिले आएर बिचमा मापदण्ड खोजी गर्न थालिएको बताए ।

‘मापदण्ड अनुसार बनाउनु पर्ने थियो, सुरुमा ८ मिटर हुनु पर्ने हो, अहिले आएर बिचमा मात्रै मापदण्ड खोज्नुको कारण के होला, बुझि सक्नु छैन’ उनले भने ।

टोलका वासिन्दा रन सिह भण्डारीले दुबैतिर सडक बनाएर बिचमा मापदण्ड खोजिने र मेयरले काम रोक्न दबाव दिएकाले भीमदत्त नगरपालिका आफैं विकास निर्माणका कार्य अवरुद्ध गर्दै आएको स्पष्ट भएको बताए ।

‘मेयरले त सहजीकरण गर्नु पर्ने हो, यो त वहाँले नै रोक्न निर्देशन दिँदै हुनु हुन्छ’ उनले भने,‘भीमदत्तको विकास गर्ने चाहना नै छैन भन्ने यहीबाट थाह हुन्छ ।’

टोलका वासिन्दाले शनिबार एडिबीका प्राविधिक र ठेकेदार कम्पनीलाई खनिएको नाली भरान गर्न आग्रह गरेका छन् ।
एडिबीको ऋण अनुदानमा महेन्द्रनगर बजार क्षेत्रमा नाली सहित १४ किलोमिटर सडक निर्माणको कार्य ठेक्का सम्झौता गरी काम सुरु गरिएको थियो । साइट क्लियर नगरी कार्य सुरु गरिएका कारण विभिन्न स्थानमा सडक निर्माणको कार्य अलपत्र छ ।

Himal dental
सम्बन्धित
Loading...