ghar sansar

धादिङ एमालेको अधिवेशनमा कुटाकुट, अध्यक्ष ओलीसम्म पुग्यो विवाद

little buddha academy
khasi

महेन्द्रनगर । धादिङमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कार्यकर्ताबिच कुटाकुट भएको छ। जिल्ला अधिवेशनका क्रममा शनिवार राती कार्ययोजना प्रस्तुत गर्ने सम्बन्धमा विवाद हुँदा नेताहरुबिच कुटाकुट भएको थियो ।

विवाद बढ्दै जाँदा अधिवेशन सोमवारसम्मलाई स्थगित भएको छ । धादिङमा एमाले नेता खेम लोहनी र जिल्ला अध्यक्ष भूमि त्रिपाठी पक्षबीचको गुटगत विवाद कुटाकुटसम्म पुगेको पाइएको छ ।

,orning glory badhai
dirghayi clinic

विवादलाई लिएर एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले एउटा पक्षलाई जिताउने गरी लागेपछि अवस्था जटिल भएको धादिङस्थित एमालेका कार्यकर्ताहरूको भनाइ छ । धादिङमा लोहनी समूह एमाले अध्यक्ष आोलीको कट्टर समर्थक हुन भने त्रिपाठी एमालेको दशबुँदे पक्षधरका नेता हुन् ।

महाधिवेशनको उक्त तिक्तताकै कारण जिल्ला अधिवेशनमा यस्तो माहोल सिर्जना भएको एमालेका जिल्ला नेताहरुले बताए ।

एमालेको जिल्ला अधिवेशनको विवाद पार्टी हेडक्वाटरमा पुगेपछि अध्यक्ष केपीशर्मा ओलीले प्रदेश अध्यक्ष ढुंगेल सहित ८ जना नेतालाई छलफलका लागि बोलाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...