शुक्लाफाँटामा हात नमिलाउने खोटो कर्मचारी आएको भन्दै नयाँ हाकिमको आलोचना

lotus institute

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले खेमराज विष्टलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको हो ।

उनी सोमबारदेखि शुक्लाफाँटामा हाजिर भएका छन् । शुक्लाफाँटाका मेयर रण बहादुर महरा लगायतले उनलाई स्वागत गरेका छन् ।

morning glory
Mahendranagar

भीमदत्त नगरपालिका २ उल्टाखामका विष्ट प्रहरीको जागिर छाडेर निजामती सेवा प्रवेश गरेका हुन् । उनी केही वर्ष अघि पुनर्वास नगरपालिकामा केही महिना प्रशासकीय अधिकृत भएका थिए ।

शुक्लाफाँटा नगरपालिकामा हाजिर भएपछि जनप्रतिनिधिले उनको आलोचना गर्न थालेका छन् । शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता लाल बहादुर ऐरल प्रमुख प्रशासकीय अधिकृत विष्टलाई कसैसित हात नमिलाउने खोटो कर्मचारी भनेर आलोचना गरेका छन् ।

नगर प्रवक्ता ऐरको आलोचनामा शुक्लाफाँटामा काँग्रेसका जनप्रतिनिधि नयाँ हाकिमको आवामगनप्रति असन्तुष्ट भएको संकेत गरेको छ । काँग्रेस नगर सभा र कार्यपालिका दुबैमा बहुमतमा छ ।

saark school
सम्बन्धित
Loading...