ghar sansar

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ताले भने– नोटिसमा आएको छ, सोधपुछ गरि रहेका छौ

janjyoti campus

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनु शाहीले प्रहरी जवान नविन नाथलाई यातना दिएर जागिरबाट राजीनामा दिएको घट्ना सम्बन्धि आन्तरिक रुपमा छानबिन थालेको छ ।

घर विदामा आएका बाजुरामा कार्यरत प्रहरी जवान नाथलाई गत पुस तेस्रो साता चार दिन हिरासतमा राखेर प्रहरी निरीक्षक शाहीले याताना दिएपछि जागिरबाट राजीनामा दिएको बाहिर आएपछि प्रदेश प्रहरी कार्यालयले त्यसबारे सोधपुछ गरेको हो ।

western public academy
dirhayu

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रज्वल महर्जनले पत्रपत्रिकामामा समाचार आएपछि त्यसलाई नोटिसमा लिएर आन्तरिक सोधपुछ गरिएको बताए । ‘समाचारलाई नोटिसमा लिइएको छ, त्यसबारे सोधपुछ गरि रहेका छौ’ उनले भने ।

घर विदामा आएका प्रहरी जवान नाथलाई विदा थप्न प्रहरी कार्यालय गएको बेलामा नियन्त्रणमा लिएर हिरासतमा राखिएको थियो । उनीमाथि थुनुवालाई सुर्ती गुटखा दिन लागेको आरोप प्रहरीले लगाएको छ ।

जिल्ला प्रहरी कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रहरी जवान नाथले प्रहरीको अनुशानसहिन कार्य गरेकाले कारवाहीका लागि बाजुरा प्रहरी कार्यालयलाई सिफारिश गरिएको उल्लेख गरेको थियो ।

प्रहरी निरीक्षक शाहीले राजीनामा नदिए अभद्र व्यवहार र जबरजस्तीकरणी मुद्दामा फसाउने धम्की दिएपछि आफूले जागिर छाडेको प्रहरी जवान नाथले बताउँदै आएका छन् । उनले माघ १९ गते प्रहरीबाट राजीनामा दिएका थिए । बाजुरा प्रहरीले नाथको राजीनामा पुष्टि गरि सकेको छ ।

Himal dental
सम्बन्धित
Loading...