ghar sansar

गड्डाचौकीबाट नियन्त्रणमा लिइएका चार दर्जन भारतीय नम्बर प्लेटका सवारी छाडिए, १० सवारीलाई कारवाहीका लागि भन्सार पठाइयो

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ गड्डाचौकी भुजेलास्थित दशगजा क्षेत्रमा नियन्त्रणमा लिइएका चार दर्जन भारतीय नम्बर प्लेटका सवारी साधन छाडिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार दशगजा क्षेत्रमा पार्किङ्ग गरिएका ५८ सवारी साधन नियन्त्रणमा लिएको थियो ।

प्रहरी कार्यालयमा राखिएका तीन सवारीमध्ये ४८ लाई मंगलबार सवारी धनीलाई सम्झाई बुझाई छाडिएको हो । त्यस बाहेक १० सवारी साधनसित आवश्यक कागजात नभएको भन्दै गड्डाचौकी भन्सार कार्यालय पठाइएको छ ।

Anant bahu travels
dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले दशगजा क्षेत्रमा लामो समयदेखि पार्किङ गरी नेपालमा कुनै भन्सार नतिरी,सुबिधा नलिई बिद्यमान आर्थिक ऐन र भन्सार ऐनमा व्यवस्था भएका ऐन नियम पालना नगरि यात्रु बोक्ने व्यवसाय सञ्चालन गर्दै आएको गुनासोको आधारमा नियन्त्रणमा लिइएको बताए ।

जिल्ला प्रहरी कार्यालयले दशगजा क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि स्थानीय रुपमा सर्वपक्षीय बैठक बसेर उक्त क्षेत्रमा सवारी साधन पार्किङ नगर्ने निर्णय गरी सहयोगको लागि यस कार्यालयबाट पत्र आएको पनि उल्लेख गरेको छ ।

‘आवश्यक प्रक्रिया र कागजातहरु चेकजाँच गरि ४८ वटा सवारी साधनलाई सम्झाई बुझाई गरि छोडिएको र १० वटा सवारी साधनलाई आवश्यक कागजात र प्रक्रिया नपुर्या्एकाकारण कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ’ प्रवक्ता डाँगीले भने ।

Himal dental
सम्बन्धित
Loading...