
महेन्द्रनगर । सत्तारुढ नेकपा माओवादी केन्द्रको कृष्णपुर नगर कमिटी विभिन्न माग राखेर कृष्णपुर नगरपालिकालाई ज्ञापन बुझाएको छ । माओवादी केन्द्रका नगर अध्यक्ष जोगराज चौधरीको नेतृत्वमा बुधबार मेयर हेमराज ओझालाई ज्ञापन बुझाएको हो ।
माओवादी केन्द्रले ओझालाई बुझाएको ज्ञापनमा नगरपालिका कामकाज पारदर्शी नभएको आरोप लगाएको छ । माओवादी केन्द्रले आर्थिक बर्ष २०७९÷०८० देखि चालु आर्थिक बर्षसम्मका योजनाको विवरण उपलब्ध गराउन माग गरेको छ ।

नगरपालिकालाई बुझाएको ज्ञापन
१) सडक, पुल, पुलेसा, भवन, विजुली बत्ती जस्ता विकासे योजनाहरु छनौट उपभोक्ता समिति गठन भुक्तानी प्रक्रिया सम्बन्धमा
२) कृषि र पशु विकास शाखा बाट वितरण गरिएका अनुदान को विल भपाई तथा लाभान्वित छनौट को अभिलेख सहित जानकारी सम्बन्धमा
३) स्वास्थ्य सामाग्री, औषधी तथा उपकरण खरिद प्रक्रिया को अभिलेख सम्बन्धमा
४) न.पा. का सवारी साधन तथा विभिन्न मेसिनरी खरिद प्रक्रिया का साथै विल भवि तथा भुक्तानी सम्बन्धमा
५) न.पा. का सवारी साधन तथा मेसिनहरुले प्रयोग गर्ने इन्धन डिजल÷पेट्रोल खरिद तथा वितरण प्रक्रिया को अभिलेख सम्बन्धमा ।
६) नगरपालिकाले बजेटको सुनिश्चतता नभई मनोमानी ढंगले पटक पटक दोहोर्याएर तयार गर्ने जिम्मा पक्रिया विपरित आफ्नो नजिकका व्यक्तिलाई दिएको सम्बन्धमा
७) आर्थिक सहयोग हवाई टिकट र इन्धन वितरण को अभिलेख सम्बन्धमा
८) जग्गा नापीको नापजाँच गर्ने प्रयाप्त स्रोत साधन र कर्मचारी हुदा हुदै नायेंजाचको ठेक्का दिईनुको कारण तथा नापककजाच बाँकी रहेका वडाहरु ५, ६ र ७ मा नापी नहुनुका कारण सम्बन्धमा ।
९) विभिन्न योजनाको दोहोरो भुक्तानी सम्बन्धमा
१०) मछेली खोलाको धार परिवर्तन गर्न ठेकदारलाई कोटेसन दिइएनुको कारण र प्रक्रिया सम्बन्धमा
११) विद्यालयलाई दिइएको प्लेस्टेसन को खरिद प्रक्रिया साथै विल भपाई को अभिलेख सम्बन्धमा
१२) पञ्जीकरण (जन्म, मृत्यु, बसाईसराई) मा राजश्व वृद्धि गर्नुको कारण सम्बन्धमा
१३) नियम विपरित कर्मचारी भर्ना सम्बन्धमा
१४) न.पा. का विभिन्न सामाग्रीहरु सार्वजनिक खरिद ऐन अनुरुप भए नभएको सम्बन्धमा
१५) हाल सम्म खरिद गरिएका विभिन्न सामाग्रीहरुको सम्पत्ति दाखिला तथा सार्वजनिक गरिनुका साथै दस्तावेजिकरण सम्बन्धमा
१६) कञ्चन बुहुमुखी क्याम्पस गुलरियाको जग्गा न.पा.ले आफ्नो लालपुर्जामा समावेश गरे नगरेको सम्बन्धमा
१७) नगरशिक्षक, नगरशिक्षक छनौट, शिक्षक सरुवा र दरबन्दि मिलान प्रक्रिया सम्बन्धमा
१८) रोड शेष कर तथा रोयल्टी वद्धी को कारण सम्बन्धमा
१९ ) नगरपालिकाको निमित्त प्रमुख प्रशासकियको जिम्मेवारी सम्बन्धमा
२०) विभिन्न क्षेत्रमा गरिएको कर वृद्धि र मनोमानी ढंगले गरिएको कर छुट सम्बन्धमा
२१) सरकारी प्राविधिक कर्मचारीलाई नगरपालिकाले फिर्ता पठाउने निर्णय गरिएको सम्बन्धमा
२२ ) छाडा पशुचौपाया को खर्च सार्वजनिक तथा छाडा पशुचौपायालाई व्यवस्थित गर्ने सम्बन्धमा
२३) नगर प्रमुखको सचिवालयमा आफु खुसी मनोमानी ढंगले प्रक्रिया विपरित कर्मचारी राखिएको र उनीहरुको सेवा सुविधा सम्बन्धमा
२४ ) हाल विवादीत रहेको स्वास्थ्य कर्मचारीको छनौट को प्रक्रिया सम्बन्धमा
२५) विदाका दिन सरकारी सवारी साधन को दुरुपयोग सम्बन्धमा
२६) संघ, प्रदेश साथै विभिन्न संघ संस्था बाट नगरपालिका मार्फत कार्यान्वयन भएका योजना तथा कार्यक्रम सम्बन्धमा
२७) लामो अवधि देखि ठेक्का प्रक्रिया भएको नगर अस्पतालको निर्माण कार्य सुचारु नभएको सम्बन्धमा
२८) कृष्णपुर स्वास्थ्य चौकी को माथिल्लो तलामा प्रक्रिया विपरित सेफ हाउस भवन निर्माण सम्बन्धमा
२९) नगरपालिकाबाट विगत मा सुचारु भएका नगरस्तरिय योजनाहरु अलपत्र रहेको सम्बन्धमा
३०) नगरपालिकाले तयार पारेका विभिन्न ऐन नियमावली र कार्यविधि लाई कार्यान्वयन नगरी थन्काएको सम्बन्धमा ।
३१) वडा नं. १ मा आर्थिक बर्ष २०७५÷८० को बर्षातको समयमा प्रक्रिया विपरित नगरपालिकाको साधन स्रोत बाट गरिएको पानी पिच सम्बन्धमा
३२) नगरपालिका माथी विभिन्न निकाय मा परेका उजुरीहरुको सत्यतथ्य छानविन गर्नुपर्ने सम्बन्धमा
३३) अनियमित किसिमले आफ्ना आसेपासेलाई कोटेसन तथा ठेक्का वितरण गरिएको सम्बन्धमा
