Sarsoti

कलाकार नाथले जन्म दिनमा अनाथ बालबालिकालाई दिए फलफूल र पुस्तक

lotus institute

महेन्दनगर । चर्चित कलाकार अमृत नाथले आफ्नो जन्म दिनमा समाज कल्याण कल्याण बाल अनाथालयमा बालबालिकालाई विभिन्न पाठ्यपुस्तक र फलफुल वितरण गरेका छन् ।

बैतडीको दशरथचन्द नगरपालिकामा जन्मिएका कलाकार नाथ पछिल्लो समय कलाकारितासंगै समाज सेवामा पनि सक्रिय छन् ।

morning glory

अनाथलमा गरिएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश महामन्त्री भोजराज जोशी क्वालिटी, समाजसेवी वासुदेव भट्ट, निरज धामी, नारद भट्ट , हिरा चन्द, लवराज भट्ट, दयाकृष्ण जोशी र करणधामी सहभागी भए ।

Mahendranagar

जन्मदिनको अवसरमा कुनै ठूलो भोजभतेर नगरी र कुनै प्रकारको सभा समारोह नगरी कोही नभएकाहरुको भगवान हुन्छन् भन्ने आशयले बाल अनाथालयमा सहयोग गरेको कलाकार नाथले बताए ।

विभिन्न ठाउँमा खर्च गरेर पैसा सक्काउनुको साटो बाल अनाथालयमा सहयोग गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा समेत निरन्तरता दिने उनी बताउँछन् ।

saark school
सम्बन्धित
Loading...