ghar sansar

कृष्णपुरमा १४ औं कञ्चनपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु, उद्घाटन खेलमै भीमदत्तले जित्यो तीन स्वर्ण

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका ४ स्थित कृष्ण माध्यमिक विद्यालयमा १४ औं कञ्चनपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रतियोगिता उद्घाटन गरेका छन् ।

उनले खेलकूद राष्ट्र र स्वास्थ्य दुबैका लागि आवश्यक भएकाले प्रदेश सरकारले खेलकूद क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताए ।

,orning glory badhai

कञ्चनपुर जिल्ला खेलकूद विकास समितिले कृष्णपुर नगरपालिकाको साझेदारीमा प्रतियोगिता आयोजान गरेको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा कञ्चनपुरका ९ पालिकाका टीम सहभागी छन् ।

गत वर्ष बेलौरीमा गरिएको जिल्ला स्तरीय छनौट प्रतियोगिताको समापनमा कृष्णपुरका मेयर हेमराज ओझाले यस वर्ष प्रतियोगिता आयोजना गर्ने जिम्मा लिएका थिए ।

कञ्चनपुुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कुबेर खड्काको अध्यक्षतामा गरिएको कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, उप प्रमुख सहित विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, खेल प्रशिक्षक लगायतका सहभागी भएका छन् ।

गत वर्ष बेलौरीमा भीमदत्त नगरपालिकाले प्रतियोगिताको शिल्ड उपाधी जितेको थियो । प्रतियोगिता उद्घाटनका दिन भीमदत्तले तीन स्वर्ण सहित पाँच पदक जितेको भीमदत्त नगर खेलकूद विकास समितिका अध्यक्ष शरद चन्दले बताए ।

dirghayi clinic

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महरा, पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्मा, बेलौरी नगरपालिकाका उप मेयर जोगराज चौधरी लगायतका सहभागी भएका छन् ।

भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश प्रसाद भट्ट, कबड्डी प्रशिक्षक विष्णुदत्त भट्ट, कञ्चनपुर होटेल व्यवसायी संघका अध्यक्ष जगदीशचन्द्र भट्ट लगायतका विभिन्न पालिकाका खेलकूद समितिका अध्यक्ष उद्घाटन समारोहमा सहभागी भए ।

कृष्णपुर नगरपालिकाका मेयर ओझाले जिल्ला स्तरीय छनौट प्रतियोगितामा सहभागी सबै पालिकाका खेलाडी, प्रशिक्षक सहित सबैलाई स्वागत गर्दै खेलबाट राष्ट्रको पहिचान हुने बताए ।

भलिबलका राष्ट्रिय प्रशिक्षक भट्टले जिल्ला स्तरीय छनौट प्रतियोगिताले नयाँ खेलाडी उत्पादन हुने भएकाले छनौट प्रतियोगिता महत्वपूर्ण भएको बताए ।

जिल्ला स्तरीय छनौट प्रतियोगितामा विभिन्न ६ खेल समावेश गरिएका छन् । कञ्चनपुर जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टका अनुसार प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेल समावेश छन् ।

यस अघि पालिका स्तरीय छनौट प्रतियोगिता भएको थियो । जिल्ला स्तरीय छनौटबाट प्रदेश स्तरीय प्रतियोगिताका लागि खेलाडीहरु छनौट हुने जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख भट्टले बताए ।

   

 

Himal dental
सम्बन्धित
Loading...