ghar sansar

उद्घाटन खेलमा भीमदत्तलाई तीन स्वर्ण सहित पाँच पदक

Amity

महेन्द्रनगर । कृष्णपुर नगरपालिका ४ स्थित कृष्ण माध्यमिक विद्यालयमा बिहीबारदेखि सुरु १४ औं कञ्चनपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा भीमदत्त नगरपालिकाले तीन स्वर्ण सहित पाँच पदक जितेको छ । बिहीबार उद्घाटन दिन भीमदत्तले एथ्लेटिक्समा तीन स्वर्ण सहित कास्य र रजत एक पदक जितेका छन् ।

एथ्लेटिक्सको १ सय मिटर दौडमा पुनम सार्की, ४ सय मिटर अभिषेक लुहार र ४ सय मिटर निलम दमाईले स्वर्ण जिते । यसैगरी १ सय मिटर दौडमा सुकबीर पोखरेलले कास्य र १५ सय मिटर दौडमा अस्मित मार्कण्डले रजत जितेका छन् ।
भीमदत्त नगरपालिकाले यस अघि लगातार दुई पटक जिल्ला स्तरीय छनौट प्रतियोगिताको उपाधी जितेको थियो ।

lotus institite

भीमदत्त नगरपालिका नगर खेलकूद विकास समितिका अध्यक्ष शरद चन्दले यस वर्ष पनि विगतको वर्षको नतिजालाई निरन्तरता दिने अपेक्षा गरिएको बताए । ‘पोहोर साल र गत साल जितेका हौ, यस वर्ष पनि जितेर शिल्ड पच गर्ने लक्ष्य लिएर कृष्णपुर आएका छौ’ उनले भने,‘उद्घाटन खेलको नतिजा उत्साहित भएका छौ ।’

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी प्रतियोगितामा उद्घाटन कार्यक्रममा सहभागी भएका छन् । कञ्चनपुर जिल्ला खेलकूद विकास समितिले कृष्णपुर नगरपालिकाको साझेदारीमा गरुेको प्रतियोगितामा सबै ९स्थानीय तहका टीम सहभागी भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रतियोगिता उद्घाटन गरे ।

कञ्चनपुुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कुबेर खड्काको अध्यक्षतामा गरिएको कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, उप प्रमुख सहित विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, खेल प्रशिक्षक लगायतका सहभागी भएका छन्् । जिल्ला खेलकूद विकास समितिका तेज बहादुर चन्दले कार्यत्रम सञ्चालन गरेका थिए ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महरा, पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्मा, बेलौरी नगरपालिकाका उप मेयर जोगराज चौधरी लगायतका सहभागी भएका छन् ।

जिल्ला स्तरीय छनौट प्रतियोगितामा विभिन्न ६ खेल समावेश गरिएका छन् । कञ्चनपुर जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टका अनुसार प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेल समावेश छन् ।

यस अघि पालिका स्तरीय छनौट प्रतियोगिता भएको थियो । जिल्ला स्तरीय छनौटबाट प्रदेश स्तरीय प्रतियोगिताका लागि खेलाडीहरु छनौट हुने जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...