ghar sansar

भीमदत्तले गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड पच

dirghayu ad
dirghayu clinic

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले तीन पटक लगातार जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड जितेर सधैंका लागि राख्न पाउने भएको छ । भीमदत्तले कृष्णपुर नगरपालिकामा शुक्रबारदेखि सुरु १४ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तेस्रो पटक उपाधि जितेर शिल्ड राख्न पाएको हो ।

भीमदत्तले यस अघि गत वर्ष बेलौरी र त्यस अघि महेन्द्रनगरमा गरिएको प्रतियोगितामा उपाधि जितेको थियो । १४ आंै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भीमदत्तले १९ स्वर्ण, १२ रजत, १३ कांस्य गरी ४४ पदक जितेको हो । त्यसपछि १९ स्वर्ण, १० रजत र ५ कांस्य गरी २७ पदक जितेर शुक्लाफाँटा दोस्रो र सह आयोजक कृष्णपुर नगरपालिका ८ स्वर्ण, ३ रजत र १० कांस्य गरी २१ पदक जितेर तेस्रो भएको छ ।

ratnam malkhad

प्रतियोगितामा दोधारा चाँदनी नगरपालिकाले ६ स्वर्ण, ७ कांस्य र ४ रजत गरी १७, पुनर्वास नगरपालिकाले ३ स्वर्ण, ५ रजत र ८ कांस्य गरी १६ तथा बेदकोट नगरपालिकाले २ स्वर्ण, ११ रजत र १५ कांस्य गरी २८ पदक हात पारेको छ। बेलौरी नगरपालिकाले २ स्वर्ण, ३ रजत र १३ कांस्य गरी १८ पदक पाउँदा बेलडाँडी र लालझाडी स्वर्णविहीन भए। बेलडाँडीले ३ रजत र ५ कांस्य गरी १३ पदक हात पार्दा लालझाडीले १ रजत र २ कांस्य गरी ३ पदक जितेको छ ।

भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते लगातका ६ विद्याका ५२ स्वर्ण, ५२ रजत र ७८ कास्य गरी १ सय ८२ पदका लागि प्रतिस्पर्धा भएको थियो । कञ्चनपुर जिल्ला खेलकूद विकास समितिले आयोजना गरेको प्रतियोगिताको सह आयोजक कृष्णपुर नगरपालिका थियो ।

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रतियोगिता उद्घाटन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...