सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित, विश्वविद्यालय अभियानका अभियन्ता पूर्व साँसद भट्टले दिए बधाई

lotus institute

महेन्द्रनगर । राष्ट्रिय सभाबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सर्वसम्मतिले पारित भएको छ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए ।

morning glory

उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि २९ सम्मको संशोधनहरु सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

Mahendranagar

उनले भने,‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि २९ सम्म उल्लेखित संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्दछु । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि २९ सम्मको संशोधनहरु सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु।’

राष्ट्रिय सभाको अर्को बैठक फागुन ६ गते आइतबार १ बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाबाट विधेयक पारित भएपछि विश्वविद्यालय अभियानका अभियन्तामा पूर्व साँसद डा् दिपक प्रकाश भट्टले विश्वविद्यालय स्थापना अभियानका सबै सहयोगीलाई धन्यवाद दिएका छन् ।

उनले सहयोगीहरुसित प्रतिनिधि सभामा प्रस्तुत हुँदा संशोधन तयारीका लागि सहयोगीहरुसित सहयोगको अपेक्षा राखेका छन् । उनले संशोधनका लागि यस्ता बुँदाहरु अघि सारेका छन् ।

१–बाँकी रहेको भौतिक संरचना निर्माणका लागि बजेटको व्यवस्था गरि सञ्चालन समिति बनाउने
२–३०० शैय्याको अस्पताल सञ्चालनगरि आगामी सत्रबाट एमबिबिएस कोर्ष र अर्को वर्ष थप ३०० सहित ६०० शैय्याको अस्पताल सञ्चालन गरी मास्टर्स तहका डाक्टर अफ मेडिसिन (एमडि) र मास्टर अफ सर्जरी (एमएस)कोर्ष सञ्चालन गर्ने ।
३– संघीय सरकारबाट ५० शैय्याका अस्पतालका रुपमा सञ्चालित सेती, महाकाली र टीकापुरलाई १०० सैय्याका अस्पतालमा स्तरोन्नति गरी आँउदो शैक्षिक सत्रबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको आंगिक मेडिकल कलेज बनाएर ब्याचलर अफ नर्सिङ, ब्याचलर अफ फार्मेसी र ब्याचलर अफ फिजियो थेरापी पढाउने व्यवस्था सुनिश्चित गर्ने

saark school
सम्बन्धित
Loading...