ghar sansar

प्रहरीले समात्यो एक लाख बढी मूल्यको भन्सार छलीको समान, भन्सार कार्यालय बुझाइयो

महेन्द्रनगर । इलाका प्रहरी कार्यालय गड्डाचौकीले भन्सार छली आएको समान बरामद गरेको छ ।

भीमदत्त नगरपालिका वडा नं. १० तिनतारा र वडा नं. ११ चौकीसताबाट १ लाख ,१४ हजार मूल्य बराबरको चिनी,मिश्री,तेल,दाल, सोडा,सुट,जुत्ता,चप्पल र टावेल लगायत सामान वेवारिशे अवस्थामा बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बरामद समान भन्सार कार्यालय गड्डाचौकी पठाईएको जानकारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...