ghar sansar

भाँसीको यो स्कुलले गराउँछ विद्यार्थीलाई मासिक फिल्ड भिजिट

khasi

महेन्द्रनगर । भाँसीस्थित एक संस्थागत विद्यालयले विद्यार्थीहरुलाई पठनपाठनसंगै व्यवहारिक ज्ञान सिकाउन मासिक रुपमा फिल्ड भ्रमणमा लैजाने गरेको छ । विद्यालयका सबै कक्षाका विद्यार्थीहरु जिल्लाका विभिन्न स्थानमा भ्रमणका लागि जाने गरेका छन् ।

भाँसीस्थित महाकाली मोडर्न पब्लिक स्कुलले विद्यार्थीहरुलाई मासिक भ्रमण गराएर प्रतिवेदन तयार गराउँदै आएको छ । ‘विद्यालयले पढाईसंगै संस्कार र सीप सहितको शिक्षा दिने लक्ष्य लिइएको छ, त्यस अनुसार विद्यार्थीहरुलाई मासिक रुपमा फिल्ड भ्रमणमा लैजान गरेका छौ’ विद्यालयका प्रिन्सिपल द्विजराज भट्टले भने ।

Anant bahu travels

फिल्ड भ्रमणबाट विद्यार्थीहरुलाई कक्षा कोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक बनाउन सहयोग पुगेको प्रिन्सिपल भट्टले बताए । ‘कक्षा कोठोमा सिकेको किताबी ज्ञानको पाटो एकातिर छँदैछ, त्यो सैद्धान्तिक भयो’ उनले भने,‘फिल्डमा लगेर विद्यार्थी आफैंले अवलोकन गर्दा त्यसको व्यवहारिक ज्ञान हासिल हुन्छ, त्यसले विद्यार्थीलाई जीवनमा फाइदा गर्छ ।’

dirghayi clinic

विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान सिकाउन विद्यालयले फेस्ट समेत आयोजना गर्दै आएको छ । गत वर्षदेखि विद्यार्थीहरुले फेस्टमा सहभागी भएर आफ्नो प्रतिभा उजागार गर्दै आएका छन् ।

नर्सरीदेखि कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयलाई कक्षा ११ र १२ को कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । अहिले विद्यालयमा ८ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ४० जना शिक्षक कर्मचारी छन् ।

विद्यालयमा गरिएको फेस्टमा कक्षा १ देखि १० सम्मका सबै विद्यार्थी सहभागी भएका थिए । उनीहरुले खाद्य, कला र विज्ञान प्रदर्शनकी १८ स्टल राखेका थिए ।

फेस्टमा कक्षा ७ का विद्यार्थी सन्देश मालीले कवाड साइकलबाट बनाएको इलेक्ट्रिक साइकलले अधिकाँशको ध्यान तानेको थियो ।

पर्यावरण सन्तुलन र लामो दुरी यात्राका लागि कवाड गोदामबाट तीन साइकल किनेर इलेक्ट्रिक साइकल बनाएको मालीले बताएका थिए ।

Himal dental
सम्बन्धित
Loading...