कञ्चनपुरका एसपी थापाको सरुवा, नयाँ एसपी जोशी आउँदै

lotus institute

महेन्द्रनगर । कञ्चनपुरका प्रहरी उपरीक्षक एसपी कमल थापाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको हो । कञ्चनपुरमा थापाको स्थानमा लागूऔषध नियन्त्रण ब्यूरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौँका चक्रराज जोशीको सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्रबहादुर पाल सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीमा सरुवा भएका छन् । उनको स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल सुरक्षा कार्यालय काठमाडौँका पदम बहादुर विष्ट आउने भएका छन् ।

morning glory
Mahendranagar

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीका प्रमुख नेत्रमणी गिरी कर्णाली प्रदेश प्रहरी गणमा सरुवा भए । त्यहाँ नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपा काभ्रेबाट राजीव बहादुर बस्नेत आउने भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानव व्यवस्थापन महाशाखाका प्रमुख विष्णुहरी कोइराला जिल्ला प्रहरी कार्यालय डोटीमा सरुवा भएका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा कञ्चनपुरका राजकुमार सिलवाल काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा सरुवा भएका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा धनगढीका प्रमुख श्याम सिंह चौधरी सर्वोच्च विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई काठमाडौँमा सरुवा भएका छन् ।

saark school
सम्बन्धित
Loading...