महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ मा आदिवासी जनजाति समुदायका वासिन्दाका लागि वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । कामना सेवा विकास बैंक लि.ले आदिवासी जनजाति राना चौधरी समुदायमा बुधबार कार्यक्रम गरेको छ ।
कार्यक्रममा भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटा, बैकका हरिश अवस्थी, बैंकका महेन्द्रनगर शाखाका बीर बहादुर ओली लगायतका सहभागी भए ।
कार्यक्रममा सहभागीहरुलाई बैंक तथा वित्तिय व्यवस्थापन सम्बन्धि जानकाररी दिइएको छ ।