बीमाको परिपक्व भुक्तानी रकम लिन छैन झन्झट

महेन्द्रनगर । बीमा गर्दा सजिलो, तर भुक्तानी लिदा झन्झटिलो भन्ने शब्द धेरैबाट सुने र सुन्न पाईन्छ । भीमदत्त नगरपालिका १६ वसन्तपुरका नारा पन्तले भने आफ्नो बीमाको परिपक्व रकम भुक्तानी लिन नेशनल लाईफ महेन्द्रनगर शाखा कार्यालयमा पुगेर माथि उद्धृत गरिए जस्तो कुनै पनि झन्झट खेप्नु परेन ।

बरु उनले शाखा प्रमुख नविनकिशोर भट्ट, चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द सहित नेशनल लाईफ परिवारलाई धन्यवाद दिँदै आभार व्यक्त गरेर गए ।

जीवन बीमा आफ्नो कमाईको सानो रकमलाई बचत पनि गर्दै जाने र बीमा समाप्ति समयमा पुँजी निर्माण पनि हुने तथा मान्छेको जीवनमा आई पर्ने जोखिमलाई पनि बहन गर्ने भएकोे सबैले आ आफ्नो क्षमता अनुसार अनिवार्य गर्नु राम्रो भएको बताउँछिन् नारा पन्त ।

उनले २० बर्षे १ लाख बिमाङ्क रकमको बिमा गरेकामा २०८० फागुन ३ गते दुई लाख १३ हजार दुई सयको चेक महेन्द्रनगर शाखाका शाखा प्रमुखबाट बुझेर लगेका छन् । कम्पनी फागुन १० गते ३७ ओै बर्षमा प्रबेश गर्न लागेको छ ।

सम्बन्धित
Loading...