ghar sansar

एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशन चैत पहिलो साता, अध्यक्ष ओलीले उद्घाटन गर्ने

little buddha academy
khasi

महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । चैत पहिलो साता हुने एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशन हुन लागेको छ । एमाले कञ्चनपुरको शुक्रबार बसेको जिल्ला सचिवालय बैठकले अविधेशन गर्ने निर्णय गरेको हो ।

अध्यक्ष ओली उद्घाटनका लागि आउने भएपछि खुला मञ्चमा आम सभा गरी अधिवेशन उद्घाटन गर्ने तयारी एमालेको छ । जिल्ला सचिवालय बैठकले कञ्चनपुर इन्चार्ज नारदमुनि रानालाई आम सभा तयारीको जिम्मा दिएको छ ।

,orning glory badhai

‘चैत १ र २ गते नवौ जिल्ला अधिवेशन गर्दैछौ, श्रद्धय अध्यक्ष केपी शर्मा ओलीज्यूले अधिवेशन उद्घाटन गर्न हुनेछ’ शुक्रबार एमाले पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा कञ्चनपुर इन्चार्ज रानाले भने,‘अध्यक्ष कमरेड जिल्ला आएको मौका पारी खुला मञ्चमा आम सभा गर्ने तयारी छ, त्यसलाई भव्य बनाउने गरी तयारीमा छौ ।’

एमाले जिल्ला अधिवेशन यस अघि फागुन १२ र १३ गते गते गर्ने निर्णय गरिएको थियो । जिल्ला सचिवालयले फेरि शुक्रबार चैत पहिलो साता अविधेशन गर्ने निर्णय गरेको हो । अविधेशनमा जिल्लाभरका ५ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।

dirghayi clinic

एमाले कञ्चनपुरका कार्य वाहक अध्यक्ष लक्ष्मी बुढाले नवौ जिल्ला अधिवेशनलाई सर्वसम्मत र समावेशी प्रतिनिधित्वको अधिवेशन बनाइने बताइन् ।

‘यो अधिवेशनलाई हामी सर्वसम्मतको अधिवेशन, सर्वसम्मत नेतृत्वको अधिवेशन र समावेशी कमिटी चयनको अधिवेशन बनाउँछौ’ कार्य वाहक अध्यक्ष बुढाले भनिन् । ‘पार्टीभित्रका सबै अन्तर विरोध हल गरी सर्वसम्मत बनाउने गरी अघि बढ्छौ’ उनले भने ।

खुला मञ्चमा हुने जिल्ला अधिवेशनको उद्घाटनका लागि कञ्चनपुर इन्चार्ज रानाको संयोजकत्वमा जन परिचालन कमिटी गठन गरिएको छ । जिल्ला सचिवालय बैठकले नेताहरुलाई अधिवेशन तयारीका लागि जिम्मेवारी बाँडफाँट गरेको छ ।

कार्य वाहक अध्यक्ष बुढालाई अधिवेशन मूल व्यवस्थापन समितिको जिम्मेवारी दिइएको छ । जिल्ला पदाधिकारी र सदस्य सहित नेताहरुको नेतृत्वमा विभिन्न उप समिति गठन गरिएका छन् ।

कार्य वाहक अध्यक्ष बुढा राजनीतिक, साँगठनिक र आर्थिक प्रतिवेदन लेखन उप समिति, सचिव पल्लवराज भट्ट प्रतिनिधि व्यवस्थापन, उप सचिव कर्ण बहादुर चन्द खाद्य व्यवस्थापन, जनकराज अवस्थी आर्थिक व्यवस्थापन र तुुसार खड्कालाई आवाश व्यवस्थापन उप समितिको जिम्मेवारी दिइएको छ ।

अधिवेशनको अतिथि सत्कार सुशिला सिह, साँस्कृतिक लोकराज पन्त, मञ्च तथा हल अक्कल बहादुर विष्ट, स्वयम् सेवक गगन खत्री, प्रचारप्रसार गणेश भट्ट र जोगराम चौधरीको नेतृत्वमा स्वास्थ्य उप सेवा उप समिति गठन गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...