
बागफाँटाको पञ्चकृत बैजनाथ माविमा एक लाख रुपैँयाको अक्षय कोष स्थापना गर्ने भीमदत्तका उप मेयर जोशीको घोषणा
महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले बागफाँटास्थित पञ्चकृत बैजनाथ माध्यमिक विद्यालयमा एक लाख रुपौयाको अक्षय कोष स्थापना गर्ने घोषणा गरेकी छन् । विद्यालयको ४१ औं वार्षिकोत्सव समाारोहमा उप मेयर जोशीले अक्षय कोष स्थापना गर्र्ने घोषणा गरेकी छन् ।
वार्षिकोत्सव समारोहमा उप मेयर जोशी विशिष्ठ अतिथि थिइन् । उनले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोगका लागि अक्षय कोष बनाउने बताएकी हुन् । कार्यक्रममा उनले विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाइन् । उप मेयर जोशीले भीमदत्त नगरपालिकाको विज्ञहरु नियुक्त गरी शैक्षिक गुणस्तर सुधार गरिने बताइन् ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल कार्यक्रममा प्रमुख अतिथि थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोसी साउँद ऐरीले आर्थिक रुपमा कमजोर समुदायका बालबालिका मात्रै पढ्ने भएकोले सहयोगका लागि आग्रह गरेकी छन् ।
कार्यक्रममा उत्कृष्ठ अभिभावक सहित विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको छ । विद्यालयले रेवती सुनार र शिवानी चौधरीलाई उत्कृष्ठ अभिभावक रुपमा सम्मान गरेको छ ।
यसैगरी शिक्षक धर्मानन्द जोशी, रुकमणी जोशी, रमा पन्त, कार्यालय सहयोगी गोविन्द सिह राना, भीनपा १९ का पूर्व वडा अध्यक्ष दामोदर महरा सहित पूर्व वडा सदस्य सन्तोसी साउँद, चम्पा सुनार, साहेब राना, प्रमानन्द भट्ट, मदन पुरस्कार विजेता नर बहादुर साउँद, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मदनलाल चौधरीलाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री रावलले सबैलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे । मदन पुस्कार विजेता साउँद कार्यक्रममा अनुपस्थित भए । विद्यालयका प्रधानाध्यापक गोविन्द सिह पुजाराले साउँदको घरमा सम्मान पत्र पुगाइने बताए ।
प्रधानाध्यापक पुजाराले कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले आदिवासी जनजाति र दलित समुदायका अधिकाँश बालबालिका विद्यालयमा अध्ययनरत रहेको बताए ।
शिशुदेखि कक्षा १० सम्म २ सय ७३ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले लामो समयदेखि जग्गाधनी पूर्जाको लागि पहल गर्दै आए पनि हालसम्म पाउन नसकेको प्रधानाध्यापक पुजाराले बताए । विद्यालयले एक बिगाहा जमिन भोगचलन गर्दै आएको छ ।
