ghar sansar

बैजनाथ माविले मनायो ५८ औं वार्षिकोत्सव

महेन्द्रनगर । कञ्चनपुरको जेठो बैबैजनाथ माध्यमिक विद्यालयले शनिबार ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक पूर्व मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युतराज कलौनीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल, हिरा सिह सार्की, राष्ट्रिय सभाका पूर्व सदस्य तारादेबी भट्ट, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका उप मेयर निमल लेखक जोशी लगायतका विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक सहभागी भएका छन् ।

mantra hos123

कार्यक्रमका प्रमुख अतिथि काँग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले विद्यालयको शैक्षिक र भौतिक विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताए । उनले अचेल नेताहरुले अचेल गाली मात्रै पाउने भएकाले तारिफ पाउने नेता बन्न विद्यार्थीहरुलाई सुझाव दिए ।

‘यो विद्यालयमा पढेका विद्यार्थी इन्जिनियर, डाक्टर, खेलाडी, आर्मी पुलिस भएका छन्, तपाईहरु नि देशका लागि योग्य नागरिक बन्नु पर्छ’ उनले भने,‘तपाईहरुमध्येबाट नेता पनि बन्ने हो, तर अचेल नेता भनेपछि गाली मात्रै खाने हुन्छ, तपाईहरु तारिफ पाउने नेता बन्नु होला ।’

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिराज विष्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । प्रधानाध्यापक विष्टले विद्यालय समुदायका लागि र समुदायको सहयोग विद्यालयका लागि भन्ने मूल मन्त्रका आधारमा विभिन्न क्षेत्रका विज्ञबाट सुझाव संकलन गरी विद्यालय सुधार योजना बनाउने र भीमदत्त नगरपालिकाको शैक्षिक क्यालेण्डर अनुसार वर्षिक कार्य योजना बनाउने भावी कार्यक्रम रहेको जानकारी दिए ।

महेन्द्रनगर बजार स्थापनासंगै २०२३ मा एक जना विद्यार्थीलाई अध्ययन गराएर सुरु भएको बैजनाथ २०२८ पछि कक्षा ४ देखि १० सम्म पठनपाठन सुरु भएको थियो ।

२०५५ मा कक्षा ११ र १२ को पठनपाठन थालिएको बैजनाथ माविमा १० वर्षदेखि प्राविधिक धारका विषयको पठनपाठन हुँदै आएको छ । हाल विद्यालयमा बाली विज्ञान, पुश विज्ञान र सिभिल इन्जिनियरिङ्गका विषयको पठनपाठन हुँदै आएको छ ।

विद्यालयमा चालु शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा कक्षा सञ्चालन गरिएका छन् । हालमा एक हजार एक सय बढी विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका प्रधानाध्यापक विष्टका अनुसार बाल विकासदेखि कक्षा १२ सम्म साधारण धार, नर्सरीदेखि कक्षा ९ सम्म अंग्रेजी माध्यम, कक्षा ९ र १० मा प्राविधिक धार, कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य र मानविकी तथा डिप्लोमा तहमा कृषि बाली विज्ञान, पशु विज्ञान र सिभिल इन्जिनियरिङ्गको पठनपाठन हुँदै आएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलौनीले बैजनाथ माविलाई देशभरका सामुदायिक विद्यालयहरुको नेतृत्व गर्ने विद्यालय बनाउने गरी शैक्षिक र भौतिक सुधारको योजना बनाएर कार्यक्रम सञ्चालन गरिएको बताए ।

विद्यालयले शिक्षक, कर्मचारी, व्यवस्थापन समितिलाई कार्यक्रममा सम्मान गरेको छ । विद्यालयका शिक्षक नित्यानन्द भट्ट, कृष्णानन्द भट्ट, लेखा अधिकृत लक्ष्मणदत्त भट्ट, शिक्षक श्रीतीमा खाती, बिरमनी प्रसाद मिश्र, केशवराज अवस्थी, खगराज पन्त, जनकराज पण्डित, निर्मला खाती, जानकी भट्ट जोशी, लक्ष्मी पाण्डेय र कार्यालय सहयोगी गम्भीर बहादुर चन्द सम्मानित भएका छन् ।

यसैगरी सरस्वती मन्दिर बनाउने समितिलाई कार्यक्रममा सम्मान गरिएको छ । मन्दिर निर्माण समितिका अध्यक्ष योगेन्द्र ठकुराठी, लक्ष्मण दत्त भट्ट, भुवन कुँबर, दिपेन्द्र भाट, सुरेन्द्र प्रसाद भट्ट, प्रेम सिह भाट, पवनचन्द्र लेखक, उमेश खडायत र जितेन्द्र चन्दलाई सम्मान गरिएको छ ।

विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष माधव प्रसाद भट्ट र अक्षय कोष समितिका सदस्य राम सिह भण्डारीलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।

विद्यालयका शिक्षक कृष्णानन्द भट्टले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृति कार्यक्रम प्रस्तुत गरे ।

Himal dental
सम्बन्धित
Loading...