कपिलवस्तु बस दुर्घटनामा ज्यान गुमाएका उल्टाखामका भट्ट सहित सबैको सम्झनामा दिप प्रज्वलन

महेन्द्रनगर । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पूलमा भएको वस दुर्घटनामा ज्यान गसमाएका भीमदत्त नगरपालिका २ का सुदीप भट्ट सहित सबैको स्वर्गवासको कामना गर्दै दिप प्रज्वलन गरिएको छ ।

स्वर्गिय भट्टका आफन्तहरु बाशुदेब भट्ट, दिनेश भट्ट , सुजल भट्ट , राम भट्ट, ललित भट्ट ,सुरेश भट्ट, गायत्री भट्ट लगायतले शनिबार दिप प्रज्वलन गरेका छन् । दिप पं्रज्वनलमा नेपाल विद्यार्थी संघका नेता इन्द्र साउद र लियो क्लबका हरिश भट्ट लगायतका सहभागी भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस कपिलवस्तुको शिवराज नपा १ सुरहीपूल नजिकै दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । उनीहरुको सम्झना र स्वर्गमा शान्तिको कामना गर्दै मदन चोकमा साँझ दिप प्रज्वलन गरिएको बासुदेब भट्टदे बताए ।

भीमदत्त नगरपालिका २ उल्टाखामका स्वर्गिय भट्टको शुक्रबार महाकाली नदीमा दाहसंस्कार गरिएको थियो ।

सम्बन्धित
Loading...