अमिटी कलेजको १४ औं वार्षिकोत्सव

महेन्द्रनगर । अमिटी कलेजले १४ औ वार्षिकोत्सव मनाएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डिन प्रा.डा. टेकराज पन्तको प्रमुख आतिथ्यमा कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम गरिएको छ ।

कलेजका अध्यक्ष गोकुलदेब भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा समाजसेवी लिलाध्वज वस्नेत सहित विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व सहभागी भएका छन् ।

कार्यक्रममा कलेजका प्रिन्सिपल रविन्द्र अवस्थीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । पोखरा विश्वविद्यालयको सम्बन्धनमा कलेजले बीबीए र बीएचसीएम सञ्चालन गर्दै आएको छ ।

कलेजले उत्कृष्ठ विद्यार्थी सहित सरकारी जागिरे भएका कलेजका पूर्व विद्यार्थीलाई सम्मान गरेको छ । यसैगरी कलेजले विश्वविद्यालय टपर सरिता जोशीलाई सम्मान गरिएको छ । सरिताका बुवा कृष्णदेब जोशी सहित आमा, हजुर बुवा र हजुर आमाले सम्मान ग्रहण गरे ।

सम्बन्धित
Loading...