ghar sansar

पत्रकार उपाध्ययलाई वेष्ट मोडेल मेल अवार्ड

महेन्द्रनगर । दोस्रो सुप ईन्टरटेन्मेन्ट म्युजिक अवार्डको उत्कृष्ट पुरुष मोडल अवार्ड कञ्चनपुरका भुप्पी उपाध्ययले प्राप्त गरेका छन । सुप ईन्टरटेन्मेन्ट हाउस प्रालि धनगढीले आयोजना गरेको दोस्रो सुप ईन्टरटेन्मेन्ट म्युजिक अवार्डको अडिसनबाट उपाध्यलाइ उत्कृष्ट पुरुष मोडल अवार्ड प्रदान गरेको हो ।

उनी ‘मेरि रङ्गि सुवा’ सङ्गितमा उत्कृष्ट मोडल छनोट भएका हुन । उपाध्यले अहिलेसम्म करिब ५० म्युजिक भिडियोमा अभिनय गरेका छ्न् । उपाध्यय पत्रकारितामा पनि सक्रिय छन् । गायन, गित, शब्द, अभिनय लगायत २१ विधामा धनगढीमा भएको अडिसन शनिवार समापन भएको हो ।

सुदूरपश्चिमका स्थानीय कलाकारलाई प्रोत्साहन गर्न अवार्ड सो को आयोजना गरिएको सुप ईन्टरटेन्मेन्ट हाउस प्रालिकी सचिव कृष्णा सिराडीले बताईन्।

Himal dental
सम्बन्धित
Loading...