ghar sansar

इन्टरनेशनलले मनायो २७ औं वार्षिकोत्सव, सुमित कार्कीलाई इन्टरनेशनल प्राइड, वृद्धाश्रमलाई सहयोगको प्रतिवद्धता हस्तान्तरण

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ भाँसीस्थित इन्टरनेशनल पब्लिक स्कुलले विभिन्न कार्यक्रमका साथ २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालयका संस्थापक विनोद विष्टको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रमको अध्यक्षतमा व्यवस्थापन समितिका अध्यक्ष लिलाध्वज वस्नेतले गरेका छन् ।

lotus institite

कार्यक्रममा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम लगायतका विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि विष्टले विद्यालयले स्थापनादेखि शैक्षिक क्षेत्रमा फड्को मार्दै आएकोमा खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले नर्सरीदेखि कक्षा १० सम्म एक हजार तीन सय १३ तथा कक्षा ११ र १२ मा १ सय ८ गरी एक हजार चार सय ११ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए ।

प्रिन्सिपल भट्टले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ मा विज्ञान विषयको पढाई, प्रोजेक्टर र स्मार्ट बोर्डबाट पठनपाठन लगायतका शैक्षिक कार्यक्रम गर्ने योजना भएको बताए ।

विद्यालयले वार्षिकोत्सवमा शिक्षक र कर्मचारी सहित पठनपाठन र अतिरिक्त क्रियाकलापका उत्कृष्ठ विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

शिक्षक कर्मचारीमा मावितर्फ गौरब भट्ट, निमाविमा राजेन्द्र सुनार र कर्मचारीममा लेखा अधिकृत भोजराज पन्तलाई पुरस्कृत गरिएको छ ।उनीहरु सबैलाई नगद १० हजार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

विद्यालयले यस वर्षको इन्टरनेशनल प्राइड कक्षा १० का छात्र सुमित कार्कीलाई प्रदान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वस्नेत, सञ्चालक समिति अध्यक्ष गौराज बहादुर लिम्बु लगायतले कार्कीलाई प्राइड प्रदान गरे ।

विद्यालयका प्रिन्सिपल भट्टले पठनपाठन, अनुशासन, अतिरिक्ति क्रियाकलाप लगायत सबै पक्षका आधारमा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई हरेक वर्ष इन्टरनेशनल प्राइड दिने गरिएको बताए । उनका अनुसार यस अघिसम्म १० जनाले प्राइड पाइसकेका छन् ।

इन्टरनेशनबाट एसएलसी परिक्षामा नेपाल तेस्रा भएका डा. सुवास लामिछानेले पहिलो इन्टरनेशनल प्राइड पाएका थिए । लामिछाने हाल बीर अस्पतालमा कार्यरत छन् ।

यसैगरी कार्यक्रममा कक्षा ५ देखि १० सम्मका कक्षा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा वनखेतस्थित महिला तथा वृद्ध सेवा केन्द्रलाई सहयोगका लागि प्रतिवद्धता पत्र प्रदान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वस्नेतले केन्द्रका कर्मचारीलाई प्रतिवद्धता पत्र हस्तान्तरण गरे । विद्यालयले राष्ट्रिय सेवा पदकका लागि सिफारिश गणित शिक्षक नागेन्द्र प्रसाद कलौनीलाई पनि सम्मान गरेको छ ।

विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति देखाएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बुले सहभागी सबैलाई धन्यवाद दिए ।

नेपाल बाल संगठनको बाल मन्दिरमा २०५३ मा सालमा स्थापना गरिएको इन्टरनेशनले केही वर्ष अघि भाँसीमा आफ्नो भवन निर्माण गरेको थियो ।

 

Himal dental
सम्बन्धित
Loading...