सिद्धनाथ माविको ५५ औं वार्षिकोत्सव सम्पन्न

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ बडैपुरस्थित सिद्धनाथ माध्यमिक विद्यालयको ५५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश दत्त भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा अध्यक्ष राम बहादुर बोहरा प्रमुख अतिथि थिए ।

कार्यक्रममा सरस्वती मावि पर्खेडीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक राज जोशी, भीनपा १३ का वडा सदस्यहरु बाला देबी नाथ , हरिश साउद,दिपक बुढा,फुल पहरी , विद्यालय व्यवस्थानपन समितिका पूर्व अध्यक्षहरु राम बहादुर महता, दुर्गा दत्त भट्ट,जनक बहादुर सिंह,खेम राज पन्त लगायत सहभागी भएका छन् ।

विद्यालयका शिक्षक राम प्रसाद भट्ट र बिरेन्द्र कुमार थापाले सञ्चालन गरेको कार्यक्रममा शिक्षक भक्त बहादुर महताले स्वागत मन्तव्य राखे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जय बहादुर बिष्टले वार्षिक प्रतिवेदन पेश गरे । कार्यक्रमा विद्यालयमा ४० वर्ष भन्दा बढी कार्यरत पूर्व प्रधानाध्यापक तथा शिक्षक भक्त बहादुर महता र कार्यालय सहयोगी हरि सिंह ठगुन्नालाई सम्मान गरिएको छ । विद्यालयलाई आर्थिक तथा पोशााक सहयोग गर्ने व्यवसायीद्वय भोज बहादुर ठगुन्ना र जनक राज भट्टलाई सम्मान गरिएको छ ।

यसैगरी स्वर्गिय शिक्षक कर्ण बहादुर महता र पूर्व पाले धन बहादुर ठगुन्नालाई मरणोपरान्त सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख प्रमुख अतिथि वडाध्यक्ष बोहराले विद्यालयको उन्नति प्रगतिमा आफ्नो सदैव सहयोग रहने बताए ।

कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी तथा सिद्धनाथ अमर मावि गड्डाचौकीका शिक्षक राजेन्द्र प्रसाद भट्टले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा विद्यालयको महत्त्वपूर्ण भूमिका रहने भएकोले प्रविधि मैत्री गुणस्तरीय शिक्षा अपरिहार्य रहेको जनाए ।

विद्यालयका अध्यक्ष भट्टले समुदायको अभिन्न अङ्गका रुपमा रहेका सामुदायिक विद्यालयको समग्र विकास,उन्नति प्रगतिका लागि समुदायको भूमिका महत्वपूर्ण हुने भएकोले आफ्नो नेतृत्वले सबै पक्षसंग सहयोगको अपेक्षा राखेको बताए ।

कार्यक्रममा पठनपाठन सहित विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । यसैगरी विद्यालयले कक्षा १० का छात्रा खुश्वु रानालाई स्टुडेन्ट अफ द इयर, कक्षा ७ कि छात्रा गरिमा साउँद र कक्षा १० कि छात्रा अञ्जली बिष्टलाई अनुशासन तर्फको पुरस्कार प्रदान गरेको छ ।

  

सम्बन्धित
Loading...