ghar sansar

नागार्जुन इङ्गलिश बोर्डिङ्ग स्कुलले मनायो २५ औं वार्षिकोत्सव

महेन्द्रनगर । भीमदत्त नगरपालिका ८ तिलाचौरस्थित नागार्जुन इङ्गलिश बोर्डिङ्ग स्कुलले २५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

नेपाली सेनाको भगतपुरस्थित नं. २५ बाहिनीका बाहिनीपति सहायक रथी मनोज थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । सहायक रथी थापाले वार्षिकोत्सव समारोह उद्घाटन गर्दै देशका लागि योग्य र दक्ष जनशक्ति चाहिएको उल्लेख गर्दै विद्यालयले भूमिका हुने बताए ।

mantra hos123

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मन दत्त जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिका ८ का वडा अध्यक्ष मदनराज मिश्रा, पूर्व वडा अध्यक्ष ध्वज बहादुर विष्ट, प्याब्सन केन्द्रीय सल्लाहकार हिरा चन्द, प्याब्सन केन्द्रीय उपाध्यक्ष सुरेन्द्रराज ओझा, केशब दत्त भट्ट प्याब्सन सुदूरपश्चिम प्रदेश उपाध्यक्ष केशव राज भट्ट, प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश महासचिव राम सिह ठगुन्ना विशिष्ठ अतिथि थिए ।

विद्यालयका प्रिन्सिपल भवान सिह विष्टले कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा पठनपाठन सञ्चालन गर्ने तयारी थालिएको जानकारी दिए ।

कार्यक्रममा अभिभावक सहित शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको छ । विद्यालयले अभिभावकद्वय ध्वज बहादुर बिष्ट र डबल रावललाई सम्मान गरेको छ । यसैगरी विद्यालयका शिक्षक यशोदा चन्द र पुष्पा बिष्टलाई कार्यक्रममा सम्मान गरिएको छ ।

विद्यालयका शिक्षक बिरेन्द्र जोशी र त्रिलोक सिंह बिष्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन विद्यालयका एच ओ डि गणेश जोशी, शिक्षक नरेन्द्र सिंह भण्डारी र विद्यार्थीहरुले गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । विद्यालयले गत शैक्षिक सत्रका पठनपाठन सहित विभिन्न विधाका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ ।

वार्षिकोत्सव समारोहमा विद्यालयले विज्ञान प्रदर्शन राखेको थियो । कार्यक्रमका प्रमुख अतिथि सहितले प्रदर्शनी अवलोकन गरे ।

 

Himal dental
सम्बन्धित
Loading...