ghar sansar

मालिका बाल विद्यालयको वार्षिकोत्सव, जेनिसा चौधरीलाई मालिका प्राइड प्रदान

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका २ महोलियास्थित मालिका बाल विद्यालयले विभिन्न कार्यक्रम सहित वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । समाजसेवी लिलाध्वज वस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम गरी विद्यालयले वार्षिकोत्सव मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रकाश चौधरीको अध्यक्षतामा गरिएको कार्यक्रममा लालझाडी गाउँपालिकाका शिक्षा शाखाका कुबेर बम, आदर्श नेपालका अध्यक्ष गणेश बोहरा, एन प्याब्सन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशी लगायतका अतिथि थिए ।

lotus institite

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी वस्नेतले अभिभावकहरुले आफ्ना सन्तानलाई असल बनाउन सिकाउनु पर्ने बताए । उनले संस्थागत विद्यालयलाई सरकारले हेर्ने दृष्टिकोण सही नभएको उल्लेख गर्दै प्याब्सन र एन प्याब्सन लगायतका संगठनले खबरदारी गर्नु पर्ने बताए ।

कार्यक्रममा उनले निजी विद्यालयको निजीसित मात्रै प्रतिस्पर्धा भएको र सरकारी विद्यालयसित प्रतिस्पर्धा नभएको उल्लेख गरे ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल नरेश बुडालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा विद्यालयले कक्षा ८ की छात्रालाई मालिका प्राइड प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वस्नेत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौंधरीले प्राइड प्रदान गरे ।

मालिका प्राइडका लागि चौधरी सहित तीन विद्यार्थी चयन गरिएका थिए । उनीहरुमध्ये चौधरीलाई प्राइड प्रदान गरिएको छ ।

विद्यालयका प्रिन्सिपल बुडालले पठनपाठन, अनुशासन, अतिरिक्त क्रियाकलाप लगायत ५ मापदण्ड बनाएर विद्यार्थी छनौट गरिएको जानकारी दिए ।

कार्यक्रममा विद्यालयका पठनपाठन र अतिरिक्त क्रियाकलापका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । विद्यालयका शिक्षक रामचन्द्र जोशी, सारथी विष्ट र आभास भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

   

Himal dental
सम्बन्धित
Loading...