ghar sansar

लिटिल बुद्ध १७ औं वर्ष प्रवेश, विविध कार्यक्रम सहित मनाइयो वार्षिकोत्सव

khasi

महेन्द्रनगर । लिटिल बुद्ध एकेडेमीले १७ औं वार्षिकोत्सव मनाएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख देबराज जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ ।

dirghayi clinic

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम खातीको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रिन्सिपल श्याम सिह मौनीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

ratnam

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावल, प्रदेश सभा सदस्य एबम् पूर्व मन्त्री प्रकाश रावल, जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी, बेदेकाट नगरपालिकाका मेयर भोजराज बोहरा, भीमदत्त नगरपालिकाका कार्य वाहक मेयर केशव विष्ट, भीमदत्तका नगर प्रवक्ता पदमराज अवस्थी, प्याब्सन केन्द्रीय सल्लाहकार हिरा चन्द, केन्द्रीय उपाध्यक्ष सुरेन्द्र राज ओझा, प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट,एन प्याब्सन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशी लगायतका जनप्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी, कर्मचारी लगायतका सहभागी भएका छन् ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । पठनपाठन, अतिरिक्त क्रियाकलाप, अनुशासन लगायतका विधामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...