ghar sansar

नयाँ एसपीले कञ्चनपुर प्रहरीको कमाण्ड सम्हालेको दोस्रो दिनमै समातियो चार लाख बढीको अवैध समान

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले भारतबाट अवैध रुपमा भित्रिएको चार लाख बढीको समान मंगलबार बरामद गरिएको छ । प्रहरीले विभिन्न स्थानबाट वेवारिशे अवस्थामा ती समान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ४ लाख ४० हजार रुपैँयाको समान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका नयाँ प्रहरी प्रमुख आएको दोस्रो दिनमा ठूलो मात्रामा अवैध समान बरामद गरिएको हो ।

,orning glory badhai

कञ्चनपुर प्रहरी प्रमुखमा सोमबार प्रहरी उपरीक्षक चक्रराज जोशी आएका हुन् । यस अघिका प्रहरी उपरीक्षक कमल थापाको सरुवा भएपछि उनको स्थानमा जोशीलाई सरुवा गरिएको हो । प्रहरी उपरीक्षक जोशीले केही वर्ष अघि प्रहरी निरीक्षक भएर वडा प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय बेलौरी, प्रहरी चौकी परासन, इलाका प्रहरी कार्यालय गड्डाचौकी र इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीमा ती समान बरामद गरेको हो । इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले सबैभन्दा बढी २ लाख ८ हजारको सर्तीकुर्ती र बच्चाको सुट बरामद गरेको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय बेलौरीले ४० हजार २ सय मूल्य बराबरको मोटर साईकलका पार्टपुर्जाहरु), प्रहरी चौकी परासनले ७४ हजार मूल्यका कुर्ती,झिल्ली,बिडी,सुर्ती) ईलाका प्रहरी कार्यालय गड्डाचौकीले एक लाख १७ हजार ५सय मूल्य बराबरको तेल, दाल, मिठाई,प्लाष्टिक रसी, मिश्री,टि.सर्ट प्याज, हार्डवयरका सामान र कस्मेटिकका सामान बरामद गरेको छ ।

यस अघि चालु आर्थिक वर्षमा ६ महिनामा ३ करोड बढीको अवैध समान बरामद गरिएका थियो । गत आर्थिक वर्षमा एक करोड बढीको समान बरामद गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डााँगीले बरामद समान भन्सार कार्यालय गड्डाचौकी पठाईएको बताए ।

Himal dental
सम्बन्धित
Loading...