ghar sansar

काभ्रे पुगेर रामलिला देखाउँदै बोक्सर, भन्छन्– रामलिला राष्ट्रिय स्तरसम्म पुग्यो

Amity

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको रामलिला प्रदर्शनका लागि समाजसेवी डा. कृष्णदत्त जोशी बोक्सर काभ्रे पुगेका छन् । रामलिला समिति कञ्चनपुरले काभ्रेपलाञ्चोकको पनौती नगरपापलका ११ खोपासी भन्तली राष्ट्रिय कोटिहोममा रामलिला लगाएको हो । राम लिला समितिका उपाध्यक्ष बोक्सर रामलिलाका संयोजक छन् ।

केही दिन अघि रामलिला तयारीका लागि काठमाडौं हिँडेका मंगलबार काभ्रे पुगेका हुन् । सुदूरपश्चिम संस्कृतिको पहिचान गराउन काभ्रेमा रामलिला गर्न लागिएको बोक्सरले बताए ।

lotus institite

रामलिला समितिले कञ्चनपुरमा गर्दै आएका रामलिलामा बोक्सर हनुमानको अभिनय गर्दै आएका छन् । काभ्रेमा पनि उनले हनुमानको अभिनय गर्ने बताइएको छ ।

रामलिलाको ॐकार टिभिबाट प्रत्यक्ष प्रसारण भई रहेको छ । रामलिला समितिका उपाध्यक्ष बोक्सरले कञ्चनपुरमा हुँदै आएको रामलिलालाई काभ्रेसम्म पुगाएर राष्ट्रिय स्तरमा पुगाएको बताए ।

‘आदर्शवान र नैतिकवान समाज बनाउन रामलिलाको ठूलो भूमिका छ, अब रामलिला राष्ट्रिय स्तरसम्म पुगेको छ’ उनले भने ।

  

Himal dental
सम्बन्धित
Loading...