ghar sansar

एमाले कैलालीमा गुटबन्दी झन झाँगियो, चार गुट चुनावी मैदानमा

Amity

महेन्द्रनगर । कैलाली एमालेका चार गुट नेतृत्वका लागि चुनावी मैदानमा देखिएका छन् । एमाले कैलालीको नवौ जिल्ला अधिवेशनमा नेतृत्वका लागि चार जनाले उम्मेदवाररी दिएका छन् । अध्यक्षका लागि इच्छापत्र पेश नगरेका नेता पनि नेतृत्वको दाबेदार थपिएपछि चार जना उम्मेदवार चुनावी मैदानमा आएका हुन् ।

यस अघि कैलाली अध्यक्षका लागि कार्यवाहक अध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डे र यज्ञ ढुंगानाको दावी थियो । सहमति हुन नसकेर चुनाव हुने भएपछि कमल राना नेतृत्वका लागि थपिएका हुन् ।

lotus institite

अध्यक्षका उम्मेदवारमध्ये जोशीलाई एमाले केन्द्रीय सचिव लेखराज भट्ट, पाण्डेयलाई पोलिटब्युरो सदस्य कर्ण थापा र ढुङ्गानालाई केन्द्रीय सदस्य दामोदर भण्डारीले साथ दिएका छन् ।

एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन अघिसम्म एकै समूहमा रहेका भट्ट र भण्डारीले त्यहींबाट आ–आफ्ना समूह बनाएका हुन् । कैलाली अधिवेशनमा पनि उनीहरुले प्रदेश अधिवेशनको उम्मेदवारीलाई दोहो¥याएका छन् ।

एमाले कैलालीको नवौ अधिवेशन अन्र्तगत आज २ बजेबाट मतदान सुरु हुने तयारी गरिएको छ । पाँच सय ९१ जना मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले मङ्गलवार निर्वाचनका प्रक्रिया रोकिएकाले मतदानमा ढिलो भएको बताए। बुधवार २ देखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...