एमाले कैलाली अधिवेशन : लेखराज दामोदर भिड्दै, कर्ण थापालाई हाइसञ्चो

महेन्द्रनगर । नेकपा एमाले कैलालीको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

निर्वाचन कमिटीले सार्वजनिक गरेको अन्तिम नामावलीमा अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डेको उम्मेदवारी परेको हो। अध्यक्षमा उम्मेदवारी दिएका कमलसिंह रानाले नाम फिर्ता लिएका छन् ।

उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी र लोकेन्द्र शाही उपाध्यक्षको प्रतिस्पर्धामा रहेका छन् ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीको मनोनयन परेको छ । उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट र भुवन रिजालले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी, शान्तिदेवी सिंह र गीता चौधरीको उम्मेदवारी परेको छ । मतदान भने बिहीवार मात्र हुने एमालेले बताएको छ ।

आइतवार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलाली जिल्लाको नवौं अधिवेशन उद्घाटन गरेका थिए। चार दिनसम्म नयाँ नेतृत्व चयन गर्न सकिएको छैन।

सम्बन्धित
Loading...