अशोक सार्की
पुनर्वास । आर्थिक अभावका कारण पुनर्वास नगरपालिका –६ निवासी धनी लावडको उपचारमा समस्या भएको छ । सुगर रोगबाट पीडित लावड प्यारालाइस र किड्नी रोगबाट ग्रसित भएका छन् रोगबाट पीडित लावड आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेपछि घरमै थला परेका छन् ।
लामो समयदेखि सुगर रोग भएको थाहा नपाएपछि चिकित्सकले उपचारका क्रममा प्यारालाइस र किड्नी फेल भएको बताएका छन् ।
उपचारका लागि पैसा नहुँदा अस्पतालसम्म पुर्याउन समेत आर्थिक कठिनाइ भएको परिवारले बताए । यस्तो अप्ठेरो अवस्थामा मानवताका आधारमा नरेन्द्र बहादुर शाहीले आवश्यक सहयोगका लागि समन्वयकारी भुमिका निर्वाह गर्दै सहयोगका लागि आग्रह गरे ।
सहयोगका लागि मनमती लावडको नाममा रहेको प्रभु बैंक पुनर्वास शाखामा संचालित खाता नम्बर २२२२०८००१४६७७६२९ मा रकम जम्मा गराइ सहयोग गर्न सकिनने शाहीले बताए ।
लावडको उपचारका लागि आर्थिक सहयोग गर्न चाहाने महानुभावहरुले शाहीको मोबाईल नम्बर ९८४३७१३५८३ मा सम्पर्क गरी आवश्यक सहयोग तथा परामर्श प्रदान गर्न सकिने बताए ।