महेन्द्रनगर । कुमारी बैंकको केन्द्रीय कार्यालयले भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटालाई जेल हाल्ने धम्की दिएका छन् । भीमदत्त नगरपालिका १८ कृष्णटोदको विवादित जग्गाको घर बाटो सिफारिश दिन अस्वीकार गरेपछि केन्द्रीय कार्यालयका बैंक अधिकारीहरुले फोन गरी अदालत गएर जेल हाल्ने धम्की दिएका हुन् ।
कुमारी बैंकले १२ वर्ष अघि दृष्टि बन्धक भएर जालसाची गरी बिक्री हुँदै बैंकमा राखिएको लिलाम जग्गा पासका लागि वडा कार्यालयले घर बाटो सिफारिश रोकेको छ । जग्गाधनी थम बहादुर विकका परिवारले वडा कार्यालयमा निवदेन दिएपछि वडा कार्यालयले विवादित भएको बताउँदै सिफारिश नदिएको हो ।
मालपोतमा ८ लाखमा लक्ष्मण विष्टको नाममा दृष्टि बन्धक राखिएको जग्गा पास भएर चन्द्र गिरीलाई बेचिएर बैंकमा राखिएको थियो । अहिले बैंकले ५७ लाख ५० हजारमा लिलाम गरेपछि घर बाटोका लागि बैंकका अधिकारीले वडा कार्यालयलाई दबाव दिएका हुन् ।
वडा अध्यक्ष देवकोटाले आफूलाई बैंकका अधिकारीले बैंकसित निहुँ खोजेकाले जेल हाल्ने धम्की दिएको बताए । ‘बैंक भनेको के हो, नानाथरी तरीकाले धम्काइयो यो गर्नु पर्छ, बैंकसित निहुँ खोज्ने भनेर राम्रोसित झपा¥यो’ उनले भने,‘ वडा मलाई जेल हाल्छौ भनेर थ्रेट दिइयो ।’
बैंकका कर्मचारी घर बाटो सिफारिशका लागि वडा कार्यालय पुगेका थिए । उनीहरुलाई सिफारिश दिन नसकिने बताएपछि बैंकको अत्तरिया शाखाका शाखा प्रबन्धक र केन्द्रीय कार्यालयबाट वडा अध्यक्षलाई फोन आएको हो ।
वडा अध्यक्ष देवकोटाले बैंक अधिकारीलाई जग्गाको विवाद आएको र स्थानीय सरकारको क्षेत्राधिकारभित्र रहेर काम गर्ने जानकारी दिएको बताए ।