जनसेवा माविले मनायो वार्षिकोत्सव, शैक्षिक भौतिक पूर्वाधारमा सहयोग गर्ने लेखकको प्रतिवद्धता

 महेन्द्रनगर । भीमदत्त नगरपालिका ७ हल्दुखालस्थित जनसेवा माध्यमिक विद्यालयको वार्षिकोत्सव मनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सिह रावलको अध्यक्षतामा गरिएको कार्यक्रममा कञ्चनपुर क्षेत्र नं.३ का साँसद रमेश लेखकले वार्षिकोत्सव उद्घाटन गरे ।

कार्यक्रमका प्रमुख अतिथि लेखकले विद्यालयमा रहेका भौतिक तथा शैक्षिक समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए ।

जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक कल्पना पाण्डेयले विद्यालयमा भौतिका पूर्वाधार मर्मत सम्भारदेखि शैक्षिक सुधारका धेरै काम बाँकी रहेको उल्लेख गर्दै सबैको साथ सहयोग चाहिने बताइन् ।

कार्यक्रममा भूमि आयोगका अध्यक्ष देबेन्द्र ढुंगानाले आजको युगमा बैज्ञानिक र व्यवहारिक शिक्षा आवश्यक रहेको भन्दै यसमा विद्यालयले ध्यान दिनुपर्ने बताए ।

विद्यालयले पठनपाठन सहित विभिन्न विधाका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । वार्षिकोत्सवमा शैक्षिक तथा खाद्य प्रदर्शनी पनि गरिएको छ ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी वडा नं.४ का अध्यक्ष सुसिल भट्ट लगायत जनप्रतिनिधि, शिक्षक, कर्मचारी, अभिभावक र स्थानीय सहभागी भएका छन् ।

सम्बन्धित
Loading...