ghar sansar

महाकाली मोडर्न पब्लिक सेकेन्ड्री स्कुलले मनायो ३२ औं वार्षिकोत्सव

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ भाँसीस्थित महाकाली मोडर्न पब्लिक सेकेन्ड्री स्कुलले ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री रावलले संस्थागत विद्यालयले पनि प्राविधिक शिक्षा सञ्चालनमा जोड दिँदै शैक्षिक क्षेत्रको विकासमा संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण भएको बताए । उनले कञ्चनुरमा निर्माणाधिन ठूला योजनाले केही वर्षमा जिल्ला सबैभन्दा बढी समृद्ध हुने बताए ।

lotus institite

‘अहिले कञ्चनपुरमा यी विभिन्न विकास निर्माणका योजना अघि बढेका छन्, यी सबै योजना बनेपछि कञ्चनपुर सबैभन्दा बढी समृद्ध प्रदेश बन्नेछ’ भाँसीस्थित मोडर्न महाकाली मोडर्न पब्लिक सेकेन्ड्री स्कुलको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा उनले भने,‘यी योजनाले आर्थिक समृद्धिको आधार खोल्ने निश्चित छ ।’

दोधारा चाँदनीको सुख्खा बन्दरगाह, महाकाली कोरिडोर, मझगाउँ विमानस्थल सञ्चालन, छेला औद्योगिक क्षेत्र र चार लेनको महाकाली पुल, स्वास्थ्य विज्ञान विशवविद्यालय लगायतका योजनाले कञ्चनपुरको विकासमा योगदान दिने रावलको भनाई थियो ।

विद्यालयका सञ्चालक हर्क बहादुर धामीको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, सिद्धनाथ विज्ञान क्याम्पसका प्रोफेसर डा. चुडामणी जोशी, प्रहरी उपरीक्षक चक्रराज जोशी, समाजसेवी लिलाध्वज वस्नेत, विनोद विष्ट, प्याब्सन केन्द्रीय सल्लाहकार हिरा चन्द लगायतले शुभ कामना मन्तव्य राखे ।

कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार चन्दले सरकारले संस्थागत विद्यालयको योगदानलाई मूल्याङ्कन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सरकारी विद्यालयका छात्रालाई सेनेटरी प्याड दिइने गरिएको उल्लेख गर्दै संस्थागत विद्यालयलाई नदिइने बताए ।

कक्षा ८ को परीक्षा शुल्क तिर्नु पर्ने, प्राविधिक शिक्षा सञ्चालनका लागि अनुमति नपाउने र छात्रबृत्ति नपाउने लगायतका विभेदजन्य व्यवहार गरिएकोमा केन्द्रीय सल्लाहकार चन्दको भनाई थियो ।

प्रहरी उपरीक्षक जोशीले अभिभावकहरुलाई आफ्ना बालबालिकालाई लागु औषधको कुलतबाट जोगाउन सधैै सचेत रहनु आग्रह गरे ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल द्विजराज भट्टले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा शक्षा र व्यवस्थापन संकायमा पठनपाठन सुरु गरिने जानकारी दिए ।

प्रिन्सिपल भट्टले संस्कार सहितको सीप युक्त शिक्षा प्रदान गर्ने, गायन र नृत्यका कक्षा सञ्चालन, शुक्रबार ब्याड फ्रि, शिक्षकहरुका लागि तालिम सञ्चालन, उत्कृष्ठ शिक्षकलाई हरेक महिनाको अन्त्यमा पुरस्कार र विद्यार्थीहरुलाई हरेक महिना गराउँदै आएको फिल्ड भिजिटलाई निरन्तरता दिने लगायतका भावी कार्य बनाईएको जानकारी दिए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । कार्यक्रममा विद्यालयले अभिभावकद्वय लक्ष्मणदत्त पनेरु र हरि सिह भण्डारीलाई सम्मान गरिएको छ । यसैगरी विद्यालयका शिक्षक महेश विष्ट, ललिता जोशी र कार्यालय सहयोगी हरिश भट्टलाई सम्मान गरिएको छ ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका पूर्व उप मेयर यज्ञराज चटौत, एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष श्याम सिह मौनी, केन्द्रीय सदस्य सत्येश बहादुर चन्द, प्याब्सनका सुदूरपश्चिम प्रदेश सचिव बीर बहादुर चन्द, एन प्याब्सन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशी, एन प्याब्सन सचिव बलदेब भट्ट, अमिटी कलेजका प्रिन्सिपल रविन्द्र अवस्थी, जनज्योति माध्यमिक विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज जोशी, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव उत्तम विष्ट लगायतका सहभागी भए ।

यसैगरी विद्यालय प्रथम सहित सबै कक्षाका उत्कृष्ठ र अतिरित्तक्त क्रियाकलापका विजेता विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म झण्डै ८ सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका शिक्षक महेश विष्ट र विद्यार्थीहरु पुनम जोशी, सुमित्रा जोशी, प्रासना विष्ट र स्वस्तिका विष्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...