ghar sansar

तिलकपुरको बैजनाथ माविको ४८ औं वार्षिकोत्सव

dirghayu ad
dirghayu clinic

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ तिलकपुरस्थित बैजनाथ माध्यमिक विद्यालयले ४८ औै वार्षिकोत्सव मनाएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व मन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका उप मेयर निलख लेखक जोशी, राष्ट्रिय भूमि आयोग कञ्चनपुर जिल्ला अध्यक्ष देबेन्द्र ढुङ्गाना, नेपाली काँग्रेस भीमदत्त नगर समितिका उपाध्यक्ष दिपेन्द्र बहादुर बिष्ट, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु सुरेन्द्र बहादुर विष्ट, मान सिंह बोहर, मान बहादुर बिष्ट, पाटन क्याम्पसका पूर्व प्रमुख पृत बहादुर बिष्ट, गौरी शंकर आधारभूत विद्यालयका अध्यक्ष डबल बहादुर सिंह, सहिद स्मृति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्ण बहादुर बिष्ट विशिष्ठ अतिथि थिए ।

ratnam malkhad

कार्यक्रममा नवदुर्गा कालिका आधारभूत विद्यालयका अध्यक्ष जितेन्द्र सुनार, प्रधानाध्यापक नर बहादुर धामी, दान सिंह विष्ट, विष्णु भक्त जोशी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका सदस्य, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक सहभागी भएका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर बिष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रधानाध्यापक मदन बहादुर विष्टले वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

विद्यालयका सहायक प्रधानाध्यापक अभयराज जोशी, वरिष्ठ शिक्षक केशब राज जोशीले सञ्चालन गरेको कार्यक्रममा शिक्षक अम्बा जोशीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थी सहित विद्यालयको शैक्षिक भौतिक विकासमा सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको छ ।

विद्यालयले पूर्व विद्यार्थी सिर्जना सुनार, मनिषा गुरुधामी, उत्कृष्ट शिक्षक धर्मराज जोशी, उत्कृष्ट अभिभावक कल्पना दमाई र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मान बहादुर विष्टलाई सम्मान गरेको छ ।

विद्यालयले भूमि आयोगका अध्यष देबेन्द्र ढुङ्गानालाई उत्कृष्ट समाजसेवीका रुपमा सम्मान गरेको छ । कार्यक्रममा अक्षय कोषबाट १५ जना उत्कृष्ठ विद्यार्थीलाई ११ हजार ८ सय २५ रुपैँया पुरस्कार प्रदान गरिएको छ । विद्यालयमा चार लाख ६८ हजार छ सय छयासठ्ठी रुपैँयाको अक्षय कोष स्थापना गरिएको छ ।

कक्षा १ देखि १० सम्म पठनपाठन र अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।
साधारण धार तर्फ कक्षा १ देखि १२ तथा भेटेरिनरी प्राविधिक धार तर्फ प्रि डिप्लोमा कक्षा (ज्ञड महिने) र तीन वर्षे डिप्लोमा तहका विद्यार्थीलाई कापी कलम, मेडल तक्मा प्रदान गरिएको छ ।

भेटेरिनरी पशु विज्ञान प्राविधिक समूहका विद्यार्थीलाई स्वागत गरिएको छ । उनीहरु सबैलाई टिका लगाई ट्रयाकसुट र डण्टपेन दिई स्वागत गरियो ।

कार्यक्रममा विभिन्न स्थानीय लोकगीत लोक नृत्य, थारु नृत्य, तेक्वान्दो काता प्रदर्शन, सामूहिक डेउडा गीत खेल लगायतका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिए ।

 

Himal dental
सम्बन्धित
Loading...