ghar sansar

दानेश्वर हरि बहुमुखी क्याम्पसले मनायो १३ औं वार्षिकोत्सव

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवास्थित दानेश्वर हरि बहुमुखी क्याम्पसले १३ औं वार्षिकोत्सव मनाएको छ । कञ्चनपुर क्षेत्र नं. ३ का साँसद एबम् काँग्रेस संसदीय दलका प्रमुख सचेतक पूर्व मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ ।

कार्यक्रममा सुुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व मन्त्री प्रकाश रावल विशिष्ठ अतिथि थिए । कार्यक्रममा भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी सहित विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगायतका सहभागी भएका छन् ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष जनकराज जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा क्याम्पस प्रमुख ललित प्रसाद जोशीले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले क्याम्पसको आर्थिक अवस्था असहज भएकाले सहयोगका लागि आग्रह गरे ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा शिक्षा र बाणिज्य संकायको पठनपाठन हुने क्याम्पसमा झण्डै दुई सय विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुमा अधिकाँश छात्रा छन् ।

स्थानीयले चन्दा संकलन गरी १२ वर्ष अघि सिद्धनाथ जिमुवा माध्यमिक विद्यालयमा एकता बहुमुखी क्याम्पस सञ्चालन गरेका थिए । स्थानीय हरिसिह विष्ट र उनका छोरा मान सिह विष्टले एक÷एक कट्टा जग्गा दान गरेपछि दानेश्वरी हरि नामाकरण भएर नयाँ भवनमा क्याम्पस सञ्चालन गरिएको हो । विश्वविद्यालय अनुदान आयोग र सुदूरपश्चिम प्रदेश सरकारले भवन बनाउन सहयोग गरेको हो ।

क्याम्पसका जग्गा दाता विष्टको अगुवाईमा चन्दा संकलन गरी क्याम्पस सञ्चालन गरिएको हो । विष्ट क्याम्पस सञ्चालक समितिका संस्थापक हुन् । उनी सोमबार वार्षिकोत्सव समारोहमा पनि सहभागी भएका छन् ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । क्याम्पसका शिक्षक धनञ्जय जोशीले कार्यक्रम सञ्चालन गरे ।

कार्यक्रममा क्याम्पसका संस्थापक प्रिन्सिपल स्वर्गिय शेर सिह विष्टका पुत्र विमल विष्टले अक्षय कोषका लागि थप रकम क्याम्पसलाई हस्तान्तरण गरे ।

Himal dental
सम्बन्धित
Loading...