ghar sansar

बढ्दो आत्महत्या

little buddha academy
khasi

भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयमा प्रमिला धामीको शव आईतबार झुण्डिएको अवस्थामा भटियो । भीमदत्त नगरपालिकाका नगर प्रहरी हरिश महरा धर्मपत्नि २० वर्षिया प्रमिला धामी आइतबार विहान मृत भेटिएकी हुन् । दार्चुलाका महरा र धामीबीच केही महिना अघि प्रेम विवाह भएको थियो । उनीहरुले ६ महिना अघि भागेर विवाह गरेको उनका आफन्तहरु बताउँछन् । नगर प्रहरी महरा केही महिनादेखि वडा कार्यालयमा परिचालन गरिएका छन् । उनी वडा सभा कक्षसंगै जोडिएको कोठामा बस्दै आएका थिए । सभा कक्षमा विहान योग अभ्यास गर्न आएका महिलाहरुले झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेपालमा एक दिनमा कम्तीमा १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ ।

dirghayi clinic

आत्महत्याका घटना हुनुमा धेरै कारणहरु छन् । प्रायजोि मानसिक रोग भएको अवस्था, डिप्रेशन, बेरोजगारी, पारिवारिक तनाव र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले समेत मानिसक आत्महत्या गरिरहेको बताइन्छ । कञ्चनपुर, कैलाली लगायत पाहाडि जिल्लाहरुका पनि आत्महत्या गर्नेको संख्या बढदो छ । सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको संख्या वर्षेनि बढ्दै गएको छ । मानसिक स्वास्थ्यमा समस्या, लहड र सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरहेको सुरक्षा संयन्त्रणको आँकलन छ । प्रहरीका अनुसार गतवर्ष सुदूरमा पाँच सय ७६ जना र अघिल्लो आर्थिक वर्षमा छ सय ८६ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

,orning glory badhai

आत्महत्या गर्ने धेरैमा विष खाएर, झुण्डिएर, पानीमा हामफालेर, करेन्ट लगाएर हुने गरेको छ । चालु आवमा सबैभन्दा बढी कैलालीमा दुई सय ३३ जनाले आत्महत्या गरेका छन् । कञ्चनपुरमा एक सय १९, डोटीमा १५, अछाममा बीस जना, बाजुरा २०, बैतडी र बझाङमा २४र२४, दार्चुलामा २५ र डडेल्धुरामा २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । यो तथ्यांक तत्कालको नभएर कहि महिना अघिको भएकोले अहिले आत्महत्या गर्नेको संख्यामा बढी भएको हुनु पर्छ । पहाडी जिल्लाभन्दा तराईका जिल्लामा बढी आत्महत्याका घटना बढेका छन् । आत्महत्या गर्नेमा बालबालिकादेखि ज्येष्ठ नागरिक गरी सबै उमेरका रहेका छन् ।

मुलुकी अपराधसंहिता २०७४ लागू भएयता आत्महत्या गर्न बाध्य पार्नेमाथि आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेर कानुनी कारबाही अघि बढाइए पनि आत्महत्याको दरमा कमी भने आएको छैन । मुलुकी अपराधसंहिता २०७४ लागू भए पछि आत्महत्यको घटनामा कमी आउन सक्ने आँकलन गरिएको थियो । तर त्यसो हुन सकेको देखिदैन । अहिले आत्महत्या न्यूनीकरण निकै चुनौतीपूर्ण विषय बनेको छ । यसको नियन्त्रणका लागि सबै निकायबाट पहल हुन जरुरी छ । सामाजिक संजालको प्रयोग अहिलेको मूख्य चुनौती देखिएको छ । सामाजिक संजालको माध्यमबाट प्रेममा फस्ने, प्रेमको नाटक गरेर फसाउने, मानसिक यातना दिने, लगायतका कारणहरु मूख्यरुपमा देखिएकाले निकै चुनौतीपूर्ण विषय बनेको छ । आत्महत्या न्यूनिकरण गर्न मुलुकी अपराधसंहिताले नभएर अभिभावकले जिम्मवार बन्नु जरुरी छ ।

Himal dental
सम्बन्धित
Loading...