ghar sansar

हल्दुखालबाट आधा दर्जन बढी अवैध मोटरसाइकल बरामद, भन्सार चलान

daimond public

महेन्द्रनगर । प्रहरीले भन्सार छली गरी ल्याइएका सात मोटरसाइकल भीमदत्त नगरपालिका ७ हल्दुखालबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चपुरले ती मोटरसाइकल विभिन्न मितिमा बरामद गरिएको जानकारी दिएको हो ।

ती सबै मोटरसाइकलको मूल्य ६ लाख ४० हजार रुपैँया बराबरको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बरामद मोटरसाइकल भन्सार कार्यालयलाई चलान गरिएको बताए ।

 

Himal dental
सम्बन्धित
Loading...