ghar sansar

भीमदत्तले गजेन्द्र बिक्रम थापाको घर अगाडि मात्रै खोज्यो एडिबी सडक निर्माण मापदण्ड , ठेकेदारले नाली खनेर छाडेपछि निर्माण अलपत्र

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको दबावपछि भीमदत्त नगरपालिका १८ कटान सरस्वती टोलमा रोकिएको सडक निर्माण कार्य अझै सुरु भएको छैन ।

एडिबी ऋण अनुदानको क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत निर्माणाधिन सरस्वती टोलमा निर्माणाधिन सडक निर्माण कार्य गत माघ दोस्रो साता एडिबीको कन्सल्टेन्टका इन्जिनियरि गिरीश चन्दलाई दबाव दिएर रोकिएको थियो ।

Anant bahu travels

इन्जिनियर चन्दले मेयर बोगटीको आग्रहमा सडक निर्माण रोकिएको टोलका वासिन्दालाई जानकारी गराएका थिए । सरस्वती टोलमा गत वर्ष सडक निर्माण सुरु भएर पूर्व र पश्चिमतिर निर्माण गरी बिचको एक सय मिटर सडक निर्माण कार्य रोकिएको छ । ठेकेदार कम्पनीले बाँकी काम पूरा गराउन नाली निर्माण सुरु गरेपछि निर्माण कार्य रोक्का गरिएको थियो ।

टोलका वासिन्दा गजेन्द्र थापाको घरसम्म नाली खनेपछि निर्माण कार्य रोकिएको छ । स्थानीयका अनुसार मेयर बोगटीका नातेदार काँग्रेस नेता सहितका स्थानीयको दबावमा एक सय मिटर क्षेत्रमा पर्ने घरका पर्खाल भत्काउनु पर्ने दबाव दिएर सडक निर्माण रोक्का गर्न लगाएका हुन् ।

सडक निर्माण सकिएको पूर्वी क्षेत्रका वासिन्दाले पर्खाल भत्काउनु पर्ने माग राखेको स्थानीय बताउँछन् । उनीहरुले आफूहरुले सडक बनाउँदा पर्खाल भत्काएकाले अरुको पनि भत्काउनु पर्ने माग गर्र्दै आएका छन् ।

सडक निर्माण रोकिएपछि टोलका वासिन्दाले भीमदत्त नगरपालिका, एडिबीको कन्सलटेन्ट र ठेकेदार कम्पनीसम्म पुगेका छन् । बुधबार गजेन्द्र बिक्रम थापा सहितले भीमदत्त नगरपालिका पुगेर नगर प्रवक्ता पदम अवस्थीलाई भेटेका छन् ।

dirghayi clinic

उनीहरुले सडक निर्माण कार्य अघि बढाउन नगर प्रवक्ता अवस्थीलार्ई आग्रह गरे । ‘यता र उता दुबैतिर सडक बनेको छ, बिचमा मात्रै बन्न सकेको छैन, छिटो भन्दा छिटो सडक बनाई निर्माण अघि बढाई दिनु प¥यो’ थापाले भने,‘विना कारण काम रोकिनु राम्रो भएन ।’

मेयर बोगटीले निर्माणाधिन सडकको एक सय मिटरमा मापदण्ड अनुसार ८ मिटरको बनाउने भन्दै काम रोक्न लगाएको वासिन्दाको भनाई थियो ।

पूर्व र पश्चिमबाट बनाइएको सडकको चौडाई ७ दशमवल ६० मिटरसम्म चौडाई सडक बनाएपछि थापाको घर नजिक मात्रै मापदण्ड खोजिएको छ । केही दिन अघि नगरपालिकाले प्राविधिक पठाएर सडक नापजाँच समेत गरेको थियो ।

‘मापदण्ड अनुसार बनाउनु पर्ने थियो, सुरुमा ८ मिटर हुनु पर्ने हो, तर भएन, त्यो भन्दा कम नै छ, अहिले आएर बिचमा मात्रै मापदण्ड खोज्नुको कारण के होला, बुझि सक्नु छैन’ थापाले भने ।

टोलका वासिन्दा रन सिह भण्डारीले बुधबार नगर प्रवक्ता अवस्थीलाई सहरी विकासले निर्माणका लागि चिठी पठाई सकेको बताए पनि अझै काम सुरु हुन नसकेको बताए ।

टोलका वासिन्दासित भेटमा उनीहरुको कुरा सनुेपछि सडक निर्माण कार्यका लागि पहल भई रहेको बताए । उनले कुराकानीका क्रममा कन्सलेन्टका प्राविधिकलाई फोन गरे ।

नगर प्रवक्ता अवस्थीले कन्सलेन्टका इन्जिनियर चन्दले पछिल्लो समय फोन उठाउन छाडेको बताए ।

‘चिठी आई सकेको भनेका छन्, मैले पनि फोन गरे, हुन्छ भनेको छ’ उनले भने,‘कन्सलटेन्टका इन्जिनियरले चन्दले मेरो फोन उठाउन छाडेका छन्,अरुसित कुरा हुँदा हुन्छ भनेका छन् ।’

Himal dental
सम्बन्धित
Loading...