Sarsoti

माओवादीमा खगराज लखेटिँदै, सुदूरपश्चिममा बुहारीलाई बलियो बनाउँदै प्रचण्ड

lotus institute

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादीका पुराना र शीर्ष नेता हुन्, खगराज भट्ट। तर, तिनै भट्ट अहिले न संसदीय दलको नेता छन् न त पार्टी संगठनको कुनै मूल जिम्मेवारीमा ।

माघ १२ गते माओवादी बहुमत संसदीय दलका सदस्यहरूले भट्टलाई दलको नेताबाट हटाएर अर्का प्रदेश सभा सदस्य मानबहादुर धामीलाई दल नेता बनाए । त्यसको केही महिनापछि भट्ट पार्टीको जिम्मेवारीमा पनि अटेनन्। माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेशमा केन्द्रीय सदस्य बिना मगरलाई सह–इन्चार्जको जिम्मेवारी दिँदा भट्टले आफूलाई दोहोरो अन्याय भएको आभास गरेका छन् ।

morning glory

सहइन्चार्जको जिम्मेवारी पाएकी बिना मगर प्रचण्डकी बुहारी हुन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको कार्य विभाजनको निर्णयप्रति लिखित असहमति जनाएका छन् ।

Mahendranagar

यता भट्टले पनि सामाजिक सञ्जालमा लेखेका छन्– ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्ष को राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ ।’

स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यले सहइन्चार्जको जिम्मेवारी पाउने बेला खगराजले भने केही जिम्मेवारी पाएनन् । त्यसको सवालमा उनले लिखित असहमति नै सार्वजनिक गरेका छन् ।

स्रोतका अनुसार उनले पार्टी नै छोड्ने गरि छलफल गरिरहेका छन् । जबकी प्रदेश सभा सदस्यको चुनाव लड्नु अगाडि मुख्यमन्त्री भनेर प्रचार गरिएका उनी पार्टीले मुख्यमन्त्री नपाउँदै संसदीय दलको नेताबाट पनि हटाइएका थिए ।

तत्कालीन समयमा डडेल्धुराबाट सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने आशमा प्रदेश सभा सदस्य लडेर निर्वाचित भएका उनी अहिले पार्टी र संसदीय राजनीतिका कारण त्यो रेसबाट पनि आउट भएका छन्। केही माओवादी नेताहरुले भने खगराजले पार्टी छोड्ने तयारी गरेको समेत भन्ने गरेका छन् ।

साभार : महेन्द्रनगर पोष्ट

saark school
सम्बन्धित
Loading...